सीडीओ सरूवामा को कहाँ पुगे? (सूची)

प्रकाशित मिति:

काठमाडौं – गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो। काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा सहसचिव जनकराज दाहाललाई ल्याइएको छ। उनी झापाका सीडीओ रहेको अवस्थामा काठमाडौंको जिम्मेवारी दिइएको हो। उनी काभ्रेको सीडीओ रहेको अवस्थामा झापा पठाइएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। दुवै जिल्ला भारतसँग सीमा जोडिएका तराईका जिल्ला हुन्। मोरङमा औद्योगिक तथा व्यापारिक गतिविधि बढी हुने जिल्ला हो। जोगबनी भारतसँग व्यापार हुने पूर्वको सबैभन्दा ठूलो नाका मोरङमै पर्छ। राजेश पौडेललाई सुनसरीको सीडीओको जिम्मेवारी दिइएको छ। उनी बारामा थिए। सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेललाई बारा सरुवा गरिएको छ।

हेर्नुहोस् सूची कहाँ सरुवा भए?