बुटवल – मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे घुस रकम सहित पक्राउ परेका छन् सेवाग्राहीसँग १ लाख २० हजार नगद लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस वापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल-पाण्डे लेखापढी सेवाको कार्यालयबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।