बैदिक धर्म परिषद नेपाल ओमकारेश्वर शिव पञ्चाग मन्दिरको सत्संग कार्यक्रम सम्पन्न
रामु भुषाल/बर्दघाट – बैदिक धर्म परिषद नेपाल ओमकारेश्वर शिव पचांग मन्दिर जिल्ला कार्य समितिको जिल्ला कार्यालय सरावल १ बासाबसहीको आयोजनामा बैदिक धर्म परिषद नेपालका आजिवन सदस्यहरुको आम भेला तथा सत्संग कार्यक्रम सम्पन्न भएको छ । बैदिक धर्म परिषद नेपाल ओमकारेश्वर शिव पचांग मन्दिर जिल्ला कार्य समितिको जिल्ला कार्यालय सरावल १ बासाबसहीको आयोजनामा बैदिक धर्म परिषद नेपालका आजिवन सदस्यहरुको आम भेला तथा सत्संग कार्यक्रम एवं बैदिक धर्म परिषद नेपाल बैदिक नारी जागरण एवं बैदिक धर्म भजन मण्डली नवलपरासी जिल्ला समिति गठन कार्यक्रम विहिबार सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष नारायण पाण्डेको अध्यक्षता एवं सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता तथा बैदिक धर्म परिषद नेपालका केन्द्रिय अध्यक्ष लोकनाथ खनाल र वरिष्ट कथा बाचक पण्डित नारायण न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले मानव सभ्यातामा धर्म, सस्कृती अति नै महत्वपुर्ण रहेको बताउदै स्थानिय तहले धर्म सस्कृती, रितिरिवाज सरक्षण गर्ने दायित्व रहेको हुदा यसको सरक्षणमा सरावल गाउपालिका लागि परेको बताउनुभयो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै परिषदका केन्द्रिय अध्यक्ष लोकनाथ खनालले अहिले नेपालमा हिन्दु धर्मलाई निमिष्टान्न पार्दे धर्मान्तर गराउने चलखेल भइरहेको भन्दै नेताहरुले पहिले धर्म निरपेक्ष बनाएर अहिले हिन्दुका धार्मिक विधा कटौती गरि हिन्दु धर्मलाई धरासायी गराउन लागिपरेको आरोप लगाउनुभयो ।
त्यस्तै अर्का विशिष्ट अतिथिको रुपमा बोल्दै पण्डित नारायण न्यौपानेले धर्म सरक्षणका लागी युवा तथा बालबालिकाहरुलाई नै धर्मको बारेमा सचेतना फैलाउनुपर्ने र नैतिक शिक्षाको ज्ञान दिदै घर घरबाट आफ्ना बालबालिकाहरुलाई धार्मिक संस्कार सिकाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा विशेष अतिथिको रुपमा सरावल गाउपालिकाकी उपाध्यष उत्तमा राय, अतिथिहरु ओम कारेश्वर शिव पंचायतन मन्दिरका सरक्षक आनन्दराम भण्डारी, बैदिक धर्म परिषदका कन्द्रिय वरिष्ट उपाध्यक्ष लोमणि प्रसाद पाठक, परिषदका केन्द्रिय सदस्य पार्वती भण्डारी, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यष क्याप्टन मान बहादुर थापा, रेडियो दाउन्नेका सल्लाहकार डोलराज भण्डारी, बैदिक धर्म परिषद सरावलकी सदस्य कलावती पन्त लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सिता गौतमको अध्यक्षता २१ सदस्यिय बैदिक धार्मिक महिला परिषद जिल्ला कमिटि गठन गरिएको छ ।
जसको उपाध्यक्षमा मनसुवा गौतम,मिना चौधरी, मिना पाण्डे, सचिव भिमकला भट्राई, सहसचिव माया ढकाल र कोषाध्यक्ष सान्ता न्यौपाने रहनुभएको छ भने सदस्यहरु रेवती न्यौपाने, लक्ष्मी भण्डारी, उमादेवी भट्राई धनिसरा भुषाल, कल्पना पौडेल लगाएत रहनुभएको छ । त्यस्तै सम्पन्न कार्यक्रमले कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा २७ सदस्यिय बैदिक धार्मिक भजन किर्तन मण्डली जिल्ला कमिटि गठन गरेको छ । जसको वरिष्ट उपाध्यक्षमा लिलाधर पाण्डे, उपाध्यक्ष राधिका थापा क्षेत्री, सचिव मिन प्रसाद भट्राई, सहसचिव भुपराज न्यौपाने र कोषाध्यक्ष शुभदेव नारायण देवकोटा रहनुभएको छ भने सदस्यहरु टुकराज भुषाल, टिका न्यौपाने, गोमा कण्डे, विष्नु लामिछाने लागएत रहनुभएको छ । परिषदका वरिष्ट उपाध्यक्ष प्रेम नारायण न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला महासचिव नवराज बस्यालले गर्नुभएको थियो ।