विद्यार्थीका लागि पोशाक सहयोग

प्रकाशित मिति:

बांके-बांकेको नेपालगञ्जमा रहेको प्रतीक निर्माण सेवाले बर्दियाको बढैयाताल गाउँपालिका ३ मा रहेको भवानि आधारभुत विद्यालयमा अध्यनरत ३० जना बालबालिकालाई स्कुल पोशाक वितरण गरेको छ । बढैयाताल गाउँपालिका ३ मा रहेको भवानि अधारभुत विद्यालयमा अध्यनरत रहेका गरिब जेहेन्दार, मधेशि समुदायका बालबालिकालाई स्कुल पोशाक बितरण गरिएको हो ।

पोशाकको अभावमा विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्ने मुख्य उद्देश्य लिएर ३० जना बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराईएको प्रतिक निर्माण सेवाका प्रबन्ध र्निदेशक तिलक विक ले बताउनु भयो । उहाँले भन्नू भयो, ‘यस विद्यालयमा अधयनरत जेहेन्दार बालबालिका गरिब भएको एवं स्कुल पोशाक नभएको जानकारी पाएपछि सहयोग गर्न आए ।’ विद्यालयका प्रधानअध्यापक जनक बहादुर बुढाले समेत विद्यालयका गरिब विद्यार्थिलाई प्रतीक निर्माण सेवाले पोशाक उपलब्ध गराएर सहयोग गरेको बताउनु भयो ।