रोहिणीमा लालपूर्जा बितरण

प्रकाशित मिति:

भैरहवा -नापी कार्यालय भैरहवाले रोहिणी गाउँपालिकामा नया लालपूर्जा बितरण गरेको छ । गाउँ ब्लक अन्र्तगतको साविक धकधई गाविस वडा नम्बर १ रामनगर गाउँको लालपूर्जा वितरण गरिएको छ । धकधईमा आयोजित बितरण कार्यक्रममा रामनगर गाउका जग्गाधनिहरुलाई गाउँ ब्लक अन्र्तगतको लालपूर्जा बितरण गरिएको थियो । बितरण कार्यक्रमका प्रमुख तथा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले कार्यक्रममा बोल्दै अब रोहिणी गाउँपालिकाका सबै वडामा रहेको गाउँ ब्लक अन्र्तगतको जग्गाको जग्गाधनि प्रमाण पूर्जा बितरण गरिने बताए ।

उनले यसको लागी सो कामको लागी नापीको टोलीलाई गाउँ कार्यपालिकाको कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । घर जग्गा भए पनि लालपूर्जाकै अभावमा कतिपय जग्गाधनिले कारोबार गर्न नपाएको अवश्थामा अब लालपूर्जा आएपछि जिवन यापन थप सहज हुने उनले बताए । बैंकिग कारोबार, बिद्युत लगायत अन्य कारोबारमा अब सहजता आउने अपेक्षा गरिएको छ । बितरण कार्यक्रममा बोल्दै नापी टोलीका प्रमुख सरोज श्रेष्ठले नापी कार्यालयमा कर्मचारीको अभाव र सिमित श्रोतका कारण कामले गति लिन नसकेको बताए । उनले गाउँपालिकाले श्रोत परिचालन गर्न सके सके सम्म चाडो समयमै आफुहरु लालपूर्जा उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए । रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीको अध्यक्षता तथा वडा सचिव राजकुमार मिश्राको सञ्चालनमा लालपूर्जा बितरण कार्यक्रम सम्पन्न भएको थियो ।