लुम्बिनी बोर्डिङका शिक्षक विद्यार्थीहरुद्वारा क्यान्सर पीडितलाई सहयोग

प्रकाशित मिति:

बुटवल –निरन्तर मानवीय सेवामा जुट्दै बुटवल ३ चिडियाखोलामा रहेको लुम्बिनी बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरुले क्यान्सर पीडितलाई सहयोग गरेका छन् । पोखरा, बगर निवासी चर्चित नेपथ्य ब्यान्डका विनोद गुरुङकी श्रीमती वर्ष ४५ की रीता श्रेष्ठ गुरुङ्ग विगत लामो समयदेखि क्यान्सरबाट पीडित भएकोमा सहयोग गरिएको हो ।

विद्यालयका प्राचार्य लालहरि पाण्डेले विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुबाट आफ्नो खाजा खर्र्च कटाएर सङ्कलन गरिएको रकम रु १२,००० ।– (बाह्र हजार मात्र) पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रीता श्रेष्ठ गुरुङका श्रीमान् विनोद गुरुङलाई प्रदान गर्नुभएको थियो । सबै सहयोगी हातहरुलाई धन्यवाद दिदै विनोद गुरुङले यो मन त मेरो नेपाली हो, रेशम जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए । विद्यालयका सह प्राचार्य हरि प्रसाद ज्ञवाली, प्राइमरी इन्चार्ज लता प्रधान, शिक्षक एवम् विद्यार्थीहरु सहभागी भएको कार्यक्रको संयोजन अतिरिक्त क्रियाकलपका प्रमुख सन्दिप पाण्डेले गर्नुभएको थियो ।