अधिकार होइन सक्षम बन्नेमा लागौ : मन्त्री अर्याल

प्रकाशित मिति:

स्यांजा –नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब महिलाहरुले अधिकार भन्दा पनि सक्षम बन्ने तर्फ लाग्न आग्रह गरेकी छन् । नेपाल कम्युनिष्ट पाटी वालिङ नगर कमिटी महिला विभागको आयोजनामा मौलिक तिज विशेष तथा शुभकामना आदनप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले अधिकारका निम्ति लडेको हाम्रो आन्दोलन सकिएको भन्दै अब आत्मनिर्भर र सक्षम बन्ने बेला आएको बताएकी हुन् ।

मुलुक जोगाउन नेपाली महिलाहरुको भुमिका महत्वपूर्ण रहेको औल्याउदै मन्त्री अर्यालले मौका पर्दा विरता देखाएका महिलाहरुले नेतृत्व लिन सक्षम भएको जिकिर गरिन् । महिलाको जिवन परिवर्तन र अधिकार प्राप्त गर्न नेपाली महिलाले लडेको स्मरण गर्दै अब महिलालाई सक्षम र सामाजिक कार्यमा अग्रसर हुने बेला आएको मन्त्री अर्यालको भनाई थियो ।
नेपाली महिलाहरुले मनाउदै आएको तिज पर्वलाई भड्किलो भन्दा पनि सरल तवरले मनाउन नेपाली महिलाहरुलाई आग्रह गरिन् । तिज पर्व नेपाली महिलाहरुको दिवस भएको भन्दै यसको सदुपयोग गर्दै नेपाली समाजलाई योगदान दिने खालका काम गर्न मन्त्री अर्यालले सबै दिदिबहिनीहरुलाई सुझाईन् । समावेसी र समानताको अधिकारका लागि लडाई ग¥यौ मन्त्री अर्यालले भनिन्,“यही लडाईले संघिय, प्रदेश र स्थानीय सरकारमा महिलाहरुले नेतृत्व गर्ने अवसर आयो ।” नेपाली महिलाले नेतृत्व गर्न सक्छन् भन्ने क्षमताको विकास गरेर अगाडी बढ्नुपर्छ मन्त्री अर्यालले भनिन् । सरकारले नेपाली महिलाहरुको क्षमता अभिवृद्धि, आत्मनिर्भर बन्ने कार्यक्रमहरु घरदैलोमा पठाएको भन्दै स्थानीय सरकार सगँ आफ्नो अधिकारका लागि आएको कार्यक्रम खोज्न आग्रह गरिन् ।

कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मी, जिल्ला समन्वय समितिका सभापति सीता सुन्दास, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, कल्पना शर्मा, तारा शर्मा र मन्जु केसी लगायतका बक्ताहरुले महिलाहरुको ठुलो चाड तिज पर्वमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वालिङ नगरपालिका भित्रका विभिन्न आमा समुह, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।