लेखापढी व्यवसायी १ लाख २० हजार घुससहित अख्तियारको फन्दामा

प्रकाशित मिति:

बुटवल-मालापोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको छ ।

बिहीवार मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल ९पाण्डे लेखापढी सेवामा सेवाग्राहीसँग नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।