संस्मरण : जन्मभुमी भाग २

प्रकाशित मिति:

अर्जुन ज्ञवाली  साउने सक्रान्ती देखी नै तिज लाग्दथ्यो । तिजको लहर आयो बरिलै भन्ने बोलको गितले अहीलेपनि अतितको तिजको झल्को आइरहन्छ । बेलुकीपख खाना खाएर वल्तिरपोल्तिरका दिदिबहिनी जम्मा भइ गित गाएर नाज्दा कति रमाइलो हुन्थ्यो । आफ्ना पिरब्यथा, सुखदुखका अनुभवहरु, कतै घटेका घटनाहरु टपक्क टिपेर गितको माध्यमबाट पोख्नुहुन्थयो । रनजु रनजु गाइका खुर लर्के भन्ने गित गाएर आमाहरु खुट्टा लर्काउदै नाचेको मेरो मानसपटलमा अहिलेपनि घुमीरहन्छ । तिजको राम(मेला)मा कहिले बारीको मकैमा झुन्डिएको त कहिले मल्खाताको झिक्रोमा झुन्डिएको काक्रो सिङ्गौ क्र्याम क्र्याम खादै तिजको डाडोमा गइन्थ्यो। पोखरी, पिपलधारा, खनदहमा तिजको राम हुन्थ्यो । पाकुमगुम पाकुमगुम मादलको साथमा उत्सार र उर्जाले भरीएर गाइएका मिठामिठा स्वरले सज्जीएका गितमा कहिले एकल त कहिले जोर (दूई जना) नाँचको प्रतिस्पर्धा नै हुन गर्दथ्यो । सयौ महिलाहरु बिभिन्न अलंल्कार, गरगहना, नया लुगा लगाएर तिजको मेलामा जाने हतार गरको याद आज पनि झलझली आउँछ । गाउका चेलीहरु माइती सम्झेर बर्ष दिनमा बाबाआमा भेट्न आउने, आप््mना पुराना समकालनि साथी सगी भेट्ने, तिजका रमाइला गित गाउने नाच्ने गर्दा गाउ नै उल्लासमय हुन्थ्यो । तिजको पन्चमीको दिन खनादहमात्र राम हुन्थ्यो, पच्चमीको पुजा सकिएपछि हसाङपस्याङ गर्दै तिजको राम हेर्न गइन्थ्यो । मेलामा पाकेको जेरीले बास्नाले तनक्क तान्थ्यो । नयाँ राम्रा लुगा लगाएर दिदिबहिनीहरु जान्थे । रातो साडिले होला, मेला रातै रातै देखिन्थ्यो । लालु मै…पालु मै…धुर्व तारा यस्तैयस्तै विभिन्न थेगोवाला तिजका गितहरु गाइन्थे । बहुदल आएपछि अलि बढी राजनीतिका गितहरु गाइन्थे । गितका माध्यमबाट आफ्नो पार्टी र नेताको अलि बडि नै देवत्व गर्दथे भने बिपक्षी पार्टिको खैरो खनिन्थ्यो । राजनीतिले त्यतिबेला पानी बाराबार भयो भन्ने हामि सुन्थ्यौ। दलका धेरै युवाहरु डनको भुमिका गर्थे । कहिलेकाही तिनै डनले तिजको राममा बितण्डा मच्चाउथे । भाग दौडले बुडाबुडी र केटाकेटीको बिचल्ली हुन्थ्यो । बुद्धि भन्दा बल र डाङ्गडुङ्ग बढी नै चल्थ्यो । जे होस तिजको राम(मेला) छुटाइन्नथ्यो कहिले पनि ।

मकै छरे(रापे) पछि दुइ पटक खनखोरस गोडमेल गरीन्थ्यो। पहिलोलाइ एक्कोरा मकै खन्ने भनिन्थ्यो । दोस्रो पटकलाइ दोहोरा मकै खन्ने भनिन्थ्यो । दोहोरा मकै खनेपछि सधै लहलाउदो हरियो बारीमा ठिगं उभिएको बैसालु मकै हेरिरहन्थ,े कहिले मकैले धान फाल्छ भनेर । जब मकैको टुप्पोमा धान देखिन्थ्यो, आशा पलाउथ्थ्यो मकैले जुङ्गा कहिले फाल्छ भनेर । त्रेता युगमा रावणले मकै बनाएको भन्ने सुनेको थिए । रावण मर्दा खेरी रामलाइ भनेका रे मकैको टुप्पोको धानमा खेतमा फल्ने जस्तै धान फलाउने र बिचमा मकै नै फलाउने अनि जरामा आलु फलाउने सपना अपुरो भो भनेर रोएका थिए भन्ने सुनेको थिए । हुन पनि मकै हेर्दा यी भैदिएको भए धान कती धेरै उत्पादन हुने थयो होला । जब मकै खाने हुन्थ,े नागपन्चमी कहिले आउँछ भन्दै औला भाचिन्थ्यो। किनभने नागपन्चमिको दिन धार दिइन्थ्यो(मकै भगवानलाइ चडाइन्थ्यो), बारीको डिलमा यस्तै झाक्री देवताका थान(स्थान) बनाइन्थ्यो, सायद त्यो ठाउलाइ पहिले देखि न पुज्दै आएको हुनुपर्छ । यद्यपी यो चलन अहिले पनि छ । देवतालाइ चढाइउरी बल्ल बारीमा फलेको मकै खान पाइन्थ्यो । गोठमा लौनो बकर्ने भैसी पाल्थे सबैले । त्यही भैसीको दूध, कहिले दहि, त कहिले बाक्लो बाक्लो महिसग पोलेको मकै खुव खाइन्थ्यो । ढ्याओ नगरे सम्म मरे उठ्ठिनथियो । बारिमा गएर कुन मकै मीठो लाग्छ च्याप काट्यो खोल्सायो पोल्यो खायो । मकै भाच्ने समयसम्म दिनहु पोलेर खाने यो क्रम निरन्तर चलिरहन्थ्यो । पोलेको तातोतातो मकै बल्लबल्ल हातले छोडाएर(निकालेर) महीसग खुटुक्क खाइयो । मकैमा कहिलेकाही पोके भेटिन्थ्यो त्यही पोके लगाएर अरुलाइ डराउन दिइन्थ्यो ।
कतिपय छिमेकी छि भन्ने नै थिए । अलि कमजोर छिमेकीलाइ हेप्ते, एक्लै बनाउथे र उसको दुखमा रमिते पनि बन्थे । सानो कुरामा झगडा गर्दथ्थे । सत्यलाइ मिच्न पनि खोज्थे । जग्गा साधि(सिमा)मा मिच्न खोज्दथ्ये । एक मुठी घासको लोभ गर्थे । शक्तिको आडमा घमण्ड दखाउथे । अरुलाइ सारै हेपेर बोल्थे । यस्तो गर्ने प्राय अलि बुझक्ड र आफुलाइ समाजका भद्र भलाद्मी भन्ने थिए । कतिले आफ्नो खै के स्वार्थ हो एक अर्कालाइ लडाउन भिढाउन खोज्थे । त्थस्ता मान्छेको बैद्धिक दरिद्रता देख्दा दया लाग्दथ्यो । केहीकेही मान्छे कुचरित्रका भए पनि गाउका धेरै मान्छे असल थिए र छन पनि ।
पोके लगाएर पहिलो पटक ऐना हेर्दा म आफै डराएर चिच्याएको थिए । सम्झदा अहिले पनि डर लाग्छ । मकै सियार्ने भएपछि भाचिन्थ्यो, डोकोमा जकाएर बोकिन्थ्यो । साथिभाइ मिलेर पर्म(आलोपालो) एक अर्काको घरको काम गर्द्थ्यौ । रात परेपछि आलोपालो मकै खोल्स्याउथ्यौ । मकै खोल्साउदा सास्तरबाजी(गाउखाने कथा)खेल्थ्यौ । सास्तार रातीमा मात्र खेल्नुपर्छ , दिउसोमा खेल्नुहुन्न भन्थे तर कारण अहिलेसम्म थाहा छैन । मकै खोल्साउदा पोलेको मकै मात्र होइन, नुन र हरियो ताजा खुर्सानी पिसेर(पिधेरे) टक्क पिरोपिरो गराइ काक्रो चिराचिरा पारेर खाइन्थ्यो । पिरो नुन खुर्सानीले ओठ र जिब्रो सारै परपराउने पोल्ने तर पनि पिरो नुन खुर्सानीमा डोबेर काक्रो खान छोडिन्थ्यो । पिरोले आखाबाट आशु मात्र होइन, नाकबाट आशु होइन लर्के सिगान झार्दथ्यो । कहिले काहिँ बदमासी पनि गरीयो । साथिहरु मिलेर काक्रो चोर्न जान्थ्यौ । उबेला काक्रो चोरर खाएको पाप लाग्दैन भन्थे। काक्रा गाली मुतरे फाली भन्थे । होला भन्थ्या ै। काक्रा चोथ्यौ । राति अबेर सम्म बसेर दुखसुखका कुरा गर्दै मकै खोल्साएर सक्थ्यौ । कस्तो सामपियाता थियो छरछिमेकको । सबै मिलीजुली काम गर्दथ्यौ । तर कतिपय छिमेकी छि भन्ने नै थिए । अलि कमजोर छिमेकीलाइ हेप्ते, एक्लै बनाउथे र उसको दुखमा रमिते पनि बन्थे । सानो कुरामा झगडा गर्दथ्थे । सत्यलाइ मिच्न पनि खोज्थे । जग्गा साधि(सिमा)मा मिच्न खोज्दथ्ये । एक मुठी घासको लोभ गर्थे । शक्तिको आडमा घमण्ड दखाउथे । अरुलाइ सारै हेपेर बोल्थे । यस्तो गर्ने प्राय अलि बुझक्ड र आफुलाइ समाजका भद्र भलाद्मी भन्ने थिए । कतिले आफ्नो खै के स्वार्थ हो एक अर्कालाइ लडाउन भिढाउन खोज्थे । त्थस्ता मान्छेको बैद्धिक दरिद्रता देख्दा दया लाग्दथ्यो । केहीकेही मान्छे कुचरित्रका भए पनि गाउका धेरै मान्छे असल थिए र छन पनि ।
बर्खामा खन्नुको रुखका जरामा पाकेको खन्नु खान कति मज्जा आउथ्यो । साच्चै कसैले माटो मुनि उपहार लुकाइदिए जस्तो लाग्थ्यो । बेडुला पनि खाइन्थ्या,े जिब्रो पाच्थ्ययो तर पनि नअघाइन्जेल खान छोडिनेथिएन । बर्खामा रातोमाटो चिप्लो बाटो लोड्दै र पोड्र्दैै दौडिनथ्यो। पोखरी डाडाामा सास नफेरी आसपास खेलिन्थे लुकामारी गरेर । कहिलेकाही अध्यारोमा लुक्दा आचिमा लत्पतिन्थ्यो। शरीर गनाएर बसिखान हुने थिएन । सबै साथीहरू मिलेर तीजमा लुठे पिग्न बाटिन्थ्यो। कहिले किछारको भिर त कहिले चिच्याना बावियो लिन जान्थ्यौ । पहिला पहिला पोखरीको सिमलको रुख त कहिले पयुको रुखमा पिङ्ग हाल्थ्यौ । तर पछि गाउमै हाल्यो । कहिले चिउरियारुख, कहिले खोप्रापाटामा बाँस गाडेर पिङ्ग हाल्थ्यौ । पिङ्ग् चचहुइ भन्दै मच्चाइन्थो । कहिलेकाही छिद्छ कि भन्ने डर लाग्थ्यो । यो क्रम तिज देखी दशै तिहार सम्म निरन्तर चल्दथयो । रमाइलो गर्न गाउका साथिभाइ मिलेर साझमा राके जुलुस गरिन्थ्यो सल्ली पिरल बालेर, पछि थाहा भो यो त राके जुलुस पो रहेछ । अहिले सम्झदा रमाइलो गर्न त्यस्तो उछ्खिल आइडिया कसरी आएछ त्यो बेला भन्ने लाग्छ ।

बनमा गएर तिजु र काफल खाइन्थ्यो । एकपटक माझानेटी भन्ने ठाउमा तिजु खान रुखमा चडेको टुप्पोमा अरिङ्याल रहेछ थाहा भएन । झुक्किएर त्यह िगोले छोइएछ । अरिङ्गालले धन्नै मारेन । त्यति अग्लो रुखबाट कति छिटो भइमा झरियो थाहै भएन । काफल मज्जाले खाइथ्यो तर अर्को दिन नित्यकर्ममा गाह्रो हुने बिसर्जन गर्न । ऐसेली खान बडा मजा आउने । औसली खादा एउटा गित खुब खाइन्ज्थ्यो ऐसेलुको पात, हे माया बोलन यो जुनेली रात । तर ऐसेलुले आफ्नो मूल्य लिन्थ्यो कोतार कुतुर गरेर हातै रगत्मय पार्दथ्यो । अहिले आफ्नो हात हेर्दा एसौलुको याद आउँछ, प्रमाणशरु लाहछाप लगाएर बसेका छन । जंगलमा बर्खमासको समय घगारी खुब खाइन्थ्यो । मैल्लाखोला, दारा, चारीखेल्ने डाडा, सल्लेधारा त्यही वरिपरि नै हो , खास गरि मैल्लाखोलाको तलदेखि चोरपानीसम्म घगारी खुब फल्थे । त्यो खोलामा जुका असाध्यै लाग्ने । घगारीले आफ्नो सुरक्षाको लागि तिनी जुकालाइ छापामार राखे जस्तो लाग्दथ्यो । हामी घगारी खान्थ्यौ जुकाले हामीलाई । लिनेदिने हुन्थ्यो । डिङ्गा बाच्छा बस्तुभाउ बाख्रा हेर्न जादाको नास्ता सिजन अनुसार यस्तैयस्तै खाइन्थ्यो । कहिले चौतारी, कहिले भइकाफल कहिले त सिउडीको काडा फालेर खान्थयौ । उबेला कपर्दीसगै ज्यादा डन्डि बिगो खेलिन्थ्यो । बाटोमा कोठाकोठा बनाएर राज्य खेल्थ्यौ । ढुंगामा चारी पनि खेल्थ्यौ । एक पटक चारी खेल्दा धन्नै(झण्डै) आखा फुटेको थिएन । पछी हामी खुट्टाले ख्ेल्ने चुङ्गी ठेक्ने पनि खेल्यौ । रमाइलो हुन्थ्यो । रुखमा चडेर चरा बारी पनि खेल्थ्यौ । एक पटम दबदबे भन्ने रुखमा यस्तै खेल्दैथियौ । रुखको हागा भाचेर झण्डै भुइमा खसिएन । अग्लो रुख थियो खसेको यो जिन्दगी रहने थियो कि थिएन शंका लाग्छ ।
मलाइ सानो देखि नै पालेको एउटा तारे गरुको खुव याद आउछ । सम्झिदा अहिले आखामा आँसु आउँछ । उ मेरो साथी थियो उबेला । सारै माया लाग्दथ्यो । मैले भनेको मान्थ्यो पनि । अरुलाइ टेर्ने त के लखेठ्यो। पुच्छर छोपेर बुर्कसी मादै त्यही गोरुसग दौडन्थे । बर्खे बिदा र दशै बिदा अनि शनिवार त्यही काम हुन्थ्यो । गाइगोरु चदै गर्थे। हामी गोठाला भने खेल खेल्ने गफ गर्ने घाम यस्तो भनेर बडो अचम्म लान्थ्यो । आकासमा रुप परिवर्तन गरिरहने बादल हेरिन्थ्यो, बादल ताप्ने गद्थ्यैे । साच्चै बन जादा बसेर आकाश हेर्दा अनौठो अनुभव हुन्थ्यो । कसरी भएहोला विभिन्न प्रकारका आकृतीमा हुन्थे, हेर्दा गज्जव लाग्थ्यो । कहिले घाम लाग्थ्यो, कहिले पानी पर्थ्यो । कहिले भने घामपानी दुबै एकैपटक हुन्थ्यो । हामिले घामपानी घामपानी स्यालको बिहे भनेर दौडन्थ्यौ । क्रमश