आज राष्ट्रिय विभूति युवाकवि भट्टको १५४ औँ मोतीजयन्ती,मुलुकभर विभिन्न कार्यक्रम गर्दै

१३ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – आज मोतीजयन्ती, मुलुकभर विभिन्न कार्यक्रम गर्दै मोतिराम भट्टको साहित्यिक योगदानको चर्चा गरिंदैछ ।आज भाद्र कृष्ण औँसी अर्थात् कुसे औँसी, विक्रम संवत् १९२३ मा यसैदिन कवि मोतिराम भट्टको जन्म भएको थियो । आज राष्ट्रिय विभूति युवाकवि भट्टको १ सय ५४ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको शृङ्गार रसधारा अँगाली काव्य क्षेत्रमा विशेष योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभयो । नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत उहाँलाई नै जान्छ ।भट्टद्वारा लिखित ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया