गाडी किन्न आएको वजेटवाट एम्वुलेन्स कीने काग्रेसवाट निर्वाचीत अध्यक्षले

प्रकाशित मिति:

रसुवा – रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट निर्वाचित नुर्पु साङवो घले छन्  उनले गरेको कामले अहिले देशैभरि चर्चा पाइरहेको छ ।

अधिकांश जनप्रतिनिधिले आफ्नो मोजमस्ती गाडी खरिद, तलबसुविधा लगायतमा ध्यान दिइरहेका बेला घले नेतृत्वको गाउँपालिकाले नगरपालिकाका जनप्रतिनिधिले चढ्ने भनेर आएको बजेटबाट एम्बुलेन्स किन्ने निर्णय गरेको छ ।

गाउँपालिकाले कार्यालयको प्रयोजनका लागि गाडी खरिद गर्ने रकमले एम्बुलेन्स किन्न लागेको हो । गाउँपालिकामा अन्य सवारी साधनभन्दा एम्बुलेन्स प्रमुख आवश्यकता रहेकोले गाडी खरिद नगर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन् । ५० लाखसम्मको एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको उनको भनाई छ ।

आवश्यकता अनुसार गाउँपालिकाको अध्यक्ष तथा पदाधिकारीले अध्यक्षको निजी गाडी प्रयोग गर्ने छन् । गाडीको सामान्य मर्मत र तेल खर्च मात्रै पालिकाले व्यहोर्ने छ । यसअघि पनि कार्यालय प्रयोजनमा अध्यक्ष नुर्वुसाङ्बो घलेको गाडी प्रयोग हुँदै आएको छ ।

जिल्लाको कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाले गाडी खरिद गरिसकेका छन् । प्रत्येक पालिकाले दुई वटा गाडी खरिद गर्ने छन् । चारवटा गाउँपालिकाले एउटा÷एउटा गाडी खरिद गरिसकेका बताइएको छ ।

नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स नहुँदा जटिल खालका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको छ । गाउँपालिकामा स्वास्थ्य चौकी तीन वटा र सामुदायिक स्वास्थ्य इकाई तीन वटा गरी ६ वटा स्वास्थ्य संस्था रहेका छन् ।

जटिल खालका बिरामीलाई नुवाकोट जिल्ला अस्पताल र काठमाडौंको टिचिङ र वीर अस्पतालमा रिफर गर्ने गरिएको गाउँपालिका हेल्थ असिस्टेन्ट केशव प्रसाद पौडेलले बताए। अप्रेसन गरी बच्चा निकाल्नु पर्ने सुत्केरी, प्लाष्टर गर्नुपर्ने खालका बिरामीलाई रिफर गर्ने गरिएको उनले बताए ।

स्थानीय तह आएपछि सडक सञ्जालले जोडिएको यो गाउँपालिकामा हरेक बस्तीमा सडक बिस्तार गरिएको छ। ६ वटा वडा रहेको यो गाउँपालिकाको सबै वडामा सडक पुगिसकेको छ। सडक निर्माण भएपछि स्वास्थ्य संस्थासम्म बिरामीलाई पुयाउन सहज भएको छ ।

गत वर्ष निर्माण गरिएको ग्रामिण सडक चालु आर्थिक वर्षमा मर्मत संहार गरिने गाउँपालिकाले जनाएको छ । सडक नपुगेको केही क्षेत्रमा सडक विस्तार गर्ने योजना छ,’ उपाध्यक्ष लामाले भनिन् निसकेका सडकमा नाली निर्माण गर्ने र मर्मत गर्ने योजना छ । आजको नागरिक दैनिकमा समाचार छ ।

दशैं अगाडि नै सडक सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । सडक मर्मत, सुधार र नवनिर्माणका लागि बजेट विनियोजन गरिएको बताइएको छ ।