चर्चित सुडान घोटाला काण्डमा मुछिएका सजाय पाएर पनि फरार रहेका ठेकेदार शम्भु भारती पक्राउ

१३ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
76 Shares


काठमाडौँ-चर्चित सुडान घोटाला काण्डमा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन् ।नेपाल प्रहरी अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले भारतीलाई शुक्रबार बिहान पक्राउ गरेको हो । आफ्नै निवास भैंसेपाटीमा बसिरहेका बेला पक्राउ गरिएको सीआईबीका एसपी दीपक रेग्मीले जानकारी दिए ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई भारती फरार रहेका थिए । विशेष अदालतले भारतीलाई १ वर्ष कैदको फैसला सुनाएको थियो । पक्राउ परेका भारतीलाई आजै सार्वजनिक गर्ने वा विस्तृत जानकारी दिने रेग्मीले बताए ।तत्कालीन सुडानको डार्फरमा तैनाथ रहेका नेपाली सुरक्षाकर्मीका लागि एपीसी खरिदमा करिव २८ करोड ४० लाख भ्रष्टाचार भएको विशेष अदालतले ठहर ठहर गरेको थियो । सो खरिदको ठेक्का पाएका एस्युर्ड रिस्क कम्पनीका एजेन्ट तथा भगवती ट्रेडर्सका सञ्चालक रहेका भारती पनि दोषी ठहर भएका थिए ।सुडान घोटालामा तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारी समेत दोषी ठहर भएका थिए । सो घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए ।सर्वोच्च अदालतले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया