भारत र पाकिस्तानबीच साँच्चै युद्ध हुन लागेको हो त

१३ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
114 Shares

An Indian Paramilitary soldier stands guard on a deserted road during curfew in Srinagar, Indian controlled Kashmir, Wednesday, Aug. 7, 2019. Authorities in Hindu-majority India clamped a complete shutdown on Kashmir as they scrapped the Muslim-majority state’s special status, including exclusive hereditary rights and a separate constitution, and divided it into two territories. (AP Photo/Dar Yasin)

एजेन्सी – जम्मु काश्मीरको संवैधानिक स्वायत्तता अन्त्य गरिएपछि पाकिस्तान भारतको विरुद्धमा आक्रामक प्रतिक्रिया राख्दै आइरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले यहाँसम्म कुरा गरे कि आउँदो अक्टोबर–नोभेम्बरमा भारतसँग युद्ध हुन सक्छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि दुबै देश आणविक हतियारयुक्त रहेकाले युद्ध भएमा कोही पनि नबच्ने बताएका थिए । पाकिस्तानको तर्फबाट आइरहेको आक्रामक भनाइप्रति भारतको विदेश मन्त्रालयले बिहीबार प्रतिक्रिया दिएको छ ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले साप्ताहिक पत्रकार सम्मेलनमा भनेका छन्,“पाकिस्तानले निकै गैरजिम्बेवार बयान दिएको छ र भारत कडा शब्दमा भर्त्सना गर्न चाहन्छ । हामी मान्छौं कि पाकिस्तानबाट जुन भनाइ आइरहेको छ त्यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’’रवीशकुमारले अगाडि भने,“पाकिस्तानी नेतृत्व र त्यहाँका कमेन्टेटरको तर्फबाट निकै भडकाउ बयान आइरहेका छन् । उनीहरुको बयान र ट्विटमा जिहाद गर्ने कुरा आइरहेको छ । आफनो बयानबाट उनीहरु यो बताउन चाहिरहेका छन् कि अवस्था काबुभन्दा बाहिर छ । पाकिस्तानले यो बुझ्नु जरुरी छ कि दुनियाँलाई उनीहरुको चालको बारेमा थाहा भइसकेको छ । अब उनीहरुको भनाइबाट कोही पनि बेवकुफ बन्नेवाला छैन ।’’रबीशकुमारले पाकिस्तानको विहीबारको मिसाइल परीक्षणबारेमा भारत सरकारलाई पहिला नै सूचित गरिएको जनाएका छन् । उनले भने,‘‘पाकिस्तानले एक सामान्य छिमेकीको हिसाबले व्यवहार गर्नु जरुरी छ । जुन धरातलीय यथार्थ हो । अवस्थालाई उल्ट्याएर पाकिस्तान आफ्नो अनुकुलको माहौल बनाउने प्रयास गरिरहेको छ । दुई देशबीचमा हालत एकदमै नाजुक भएको उसले देखाउन चाहिरहेको छ ।’’उनले भनेका छन्, ‘‘पाकिस्तानको उद्देश्य भारत र पाकिस्तानबीचको सम्बन्ध एकदमै नाजुक छ भन्ने देखाउनु हो ।’’

उनले पाकिस्तानको हवाइ क्षेत्र भारतको लागि बन्द गरिएको भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको समेत बताएका छन् ।पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले बुधबार एक पत्रकार सम्मेलनमा अक्टोबरको अन्त्य वा नोभेम्बर डिसेम्बरमा भारत र पाकिस्तानबीच युद्ध हुने अवस्था रहेको जनाएका थिए । ‘‘हामी सबै काश्मीरी एक हुनु जरुरी छ । नत्र समयले हामीलाई कहिल्यै माफी गर्ने छैन,’’ उनको भनाइ थियो ।यो महिनाको अगस्ट ५ मा भारतले ३७० धारा निस्तेज गर्ने निर्णय गरेपछि पाकिस्तानका प्रधानमन्त्रीले दुईपटक राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन् । आज अगस्ट ३० का दिन धर्ना दिने कार्यक्रम रहेको उनले जनाएका छन् । इमरान खानले ट्विट गर्दै आज १२ बजेबाट १२ः३० सम्म घरबाट बाहिर निस्कन आग्रह गरेका छन् ।
उनले ट्विटमा काश्मीरमा आम नागरिकको हत्या भइरहेको, त्यसमा महिला र बच्चा पनि परेको तथा मोदी सरकारको एजेण्डा नश्लीय जनसंहार गरेको जनाइएको छ । भारतको योजना काश्मीरमा डेमोग्राफी बदल्नको लागि भएको उनले आरोप लगाएका छन् ।भारतका तर्फबाट बिहीबार रक्षामन्त्री राजनाथ सिंहले पनि पाकिस्तानविरुद्ध निशाना साँधेका छन् । उनले भनेका थिए, ‘‘म पाकिस्तानलाई सोध्न चाहन्छु काश्मीर पाकिस्तानको साथमा कहिले थियो रु पाकिस्तान पनि यही भारतबाट बनेको हो । हामी पाकिस्तानको सहभागितालाई सम्मान गर्दछौं । यसको मतलब यो होइन कि पाकिस्तान लगातार बोलिरहोस् ।’’बिहीबार पाकिस्तानी सेनाले टिवट गर्दै २९० किमी दूरीसम्म प्रहार गर्न सक्ने ‘गजनवी’ मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ । सो परीक्षण टोलीलाई पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ