भीरबाट खसालेको अवस्थामा २ सय ९१ गाई फेला, २२ मरे

प्रकाशित मिति:

काठमाडौँ । नेपालगञ्जबाट दैलेख पठाउन लागेका २ सय ९१ गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालेको अवस्थामा फेला परेका छन् ।बाछीसहित २२ गाई मरेका छन् भने अरू घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिकाकाको जंगलभित्रको सडक छेउ रहेको भीरमा गाई फेला परेको प्रहरीले जनाएको छ । बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन् ।यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्। नेपालसमाचारपत्रवाट साभार