भोली नेपाली काँग्रेसका महामन्त्री कोइराला वालिङ आउदै

प्रकाशित मिति:

नेपाल महिला संघ जिल्ला कार्य समिती स्याङ्जाद्धारा प्रकाशिर्त शक्ति नामक स्मारिका भोलि अर्थात भदौ १४ गते नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विमोचन गर्ने छन् ।नेपाल महिला संघको ७२ औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा स्मारिका प्रकाशन गरिएको नेपाल महिला संघ जिल्ला कार्य समिती स्याङ्जाकी अध्यक्ष कल्पना तिवारीले जानकारी दिइन् ।

वालिङ डुम्रिकोट स्थित रेड पिपर पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस र महिला संघको विषयमा प्रशिक्षण पनि गरिने आयोजकले जानकारी दिएका छन् । प्रशिक्षण नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्य, केन्द्रिय सदस्य गुरुराज घिमिरे, केन्द्रिय सदस्य डा।डिला संग्रौला लगायतका नेताहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल महिला संघ स्याङ्जामा विभिन्न समयमा नेतृत्व प्रदान गरेका, र संगठनमा उत्कृष्ठ योगदान गरेका महिला नेता तथा सहिद पत्नीलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक देवी अर्यालले जानकारी दिइन् ।