सरकार प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा : वैद्य

प्रकाशित मिति:

सबलपोष्ट । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढेको बताएका छन् । मिडया काउन्सील लगायतका विधेयकहरुले सरकार प्रेस स्वतन्त्रता र लोकतन्त्रविरोधी बन्दै गएको वैद्यको आरोप छ । उनले संघीय सांसदमा निर्वाचित थारु नेता रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । अध्यक्ष वैद्यले टिकापुर घटना राजनीतिक भएकाले राजनीतिक तहबाटै समाधान गरिनुपर्ने बताए । ‘कैलाली घटना राजनीतिक समस्याबाट भएको हो,राजनीतिक रुपमै हल हुनुपर्छ’– भदौ ७ गते टिकापुरमा भएको थारु सम्मेलनबाट फर्केका वैद्यले शुक्रबार बुटवलमा क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा भने–‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो,उनी अन्यायमा परेका छन् ।

वैद्यले थारु समुदाय सामन्तवाद,सुदुर पश्चिम र मधेशीको चुपुवामा परेको औंल्याए । टिकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको वैद्यको भनाई छ । वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको टिप्पणी गर्दै उनले सरकारको परराष्ट्र र कुटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको आरोप लगाए । अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको वैद्यको आरोप छ । सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने दिशामा अघि बढेको वैद्यको आरोप छ । राष्ट्रियता,रोजगारी र जनजविविकाका विषयमा पनि सरकार गैरजिम्मेवार देखिएको उनले बताए । मंसिरमा हुने उपनिर्वाचन आफ्नो पार्टीले वहिस्कार गर्ने उनले दोहो¥याए । नेत्रविक्रम चन्द विप्लवमाथिको प्रतिवन्ध गलत भएको भन्दै उनले राजनीतिक हिसाबले समाधान गर्नुपर्नेमा जोड दिए । विप्लवको पार्टीको कार्यदिशा स्पष्ट नभएकाले पार्टी एकता संभवन नभएको वैदले बताए । कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघका रुपन्देही अध्यक्ष टेक मास्की रानाको अध्यक्षतामा भएको थियो ।