लण्डन गएर हाम्रो मिडल्याण्डको भोट बेच्ने अधिकार कसले दियो ? डील बिरुद्ध मिडल्याण्डवासी एकजुट

१३ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको निर्वाचनले गत सोमबार अर्को नयाँ मोड लिएको छ । अध्यक्ष पदका उम्मेदवार शेर सुनार निकट उम्मेदवारहरुको एक भेला सोमबार मिडल्याण्ड स्थित वुल्भरह्याम्पटनमा चितवन एड ट्रस्ट यूके क्याट यूकेका उपाध्यक्ष राम भट्टराईले संचालन गर्दै आएको थ्री कोर्नोस पबको सभाहलमा एक भेला सम्पन्न भएको हो ।मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न विशेष भेलामा साझा नेपाली समाज यूकेका उपाध्यक्ष एबं नेप्लिज सेफ एशोसिएसन युकेका कोषाध्यक्ष तथा हाम्रो नेपाली सम्माज वेस्ट मिडल्याण्डका कोषाध्यक्ष रामचन्द्र सुवेदीलेअध्यक्ष पदका उम्मेदवार शेर सुनार समुहलाई सघाउने भएका छन् ।कार्यक्रममा बोल्दै सुवेदीले यस भेगमा भएका नेपाली दाजु भाई दिदि बहिनिहरूबीच समन्यकारी भूमिका निर्वाह गरी आफुलाई विश्वास गर्ने स्थानीय तथा संघसंस्थाका प्रतिनिधीहरुलाई चुनावी सहकार्यमा समीकरणको तयारी गर्दै ढुक्क भएर अगाडी बढ्ने बताए ।

मिडल्याण्ड बाट एनआरएनए यूकेको निर्वाचनमा आफ्नो बिबेक प्रयोग गर्न साझा नेपाली समाज यूकेका उपाध्यक्ष,रामचन्द्र सुवेदीले सबै एन आर एन सदस्यहरुमा अपील गर्नु भएको छ । मिडल्याण्ड एकताको नाममा केही बयक्तिहरुले सबै मिडल्याण्डबासिको मतलाई डील  गरी लिखित समझौता गर्नु गलत भएको र हरेक मतदाताले आफ्नो बिबेक प्रयोग गर्न पाउनुपर्छ । आफ्नो अधिकार बंधक राखन , डील गर्न नपाउने र बेलायत जस्तो ठाउमा बसेर केही बयक्तिहरु मतदातालाई अपहेलाना गरी यती मत छ भनी बार्गेन गर्दै पदको लागि मारिहत्ते गरेको देखेर आफ्नो अधिकार, आफ्नो बिबेकले निडर भएर मत प्रयोग गर्ने र एन आर एन यूकेका सक्षम योग्य र कर्मठ उम्मेदबारहरुलाई मतदान गरी बिजय गराउने भएकाछन।यसैगरी मिडल्याण्ड स्थित एनआरएनए अभियन्ता शशांक शर्मा पनि अध्यक्ष पदका उम्मेदवार शेर सुनारकै समुहमा छन् ।उनि पहिलो पटक हुन लागेको इंग्ल्याण्ड,राज्य समितिको उपाअध्यक्ष पदका उम्मेदवार हुन् । युबा ब्यबसायी शर्मा समाजशास्त्र बाट स्नाकोत्तर गरेर मिडल्याण्डको शोलिहुलमा बस्दै आएका छन। यती नेपाली एसोसियसन युकेको उप माहासचिव,क्याट युकेको कार्यकारी सदस्य र शान्ति नेपाली समाजको सल्लाहकार भै काम गरेकोअनुभबले चुनावी सहकार्यमा नयाँ आयाम आउने उनको भनाइ छ ।एनआरएनए यूकेको आसन्न निर्वाचन नजिकिदै गर्दा मिडल्याण्डबाट नयाँ तरंग उत्पन्न गर्दै अध्यक्ष पदका उम्मेदवार शेर सुनारको चुनावी सहकार्यमा नयाँ समीकरण भएको बुझिएको छ।एनआरएनए युकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार शेर सुनार र उनको समूहको जम्बो टोलि मिडल्याण्डमा आयोजित तिज कार्यक्रममा प्रमुख अतिथि एबम बिशेषअतिथी बनेर बत्ति बालेका छन् ।

सोमबार मिडल्याण्डको वुल्भरह्याम्प्टनमा भएको तीज विशेष कार्यक्रममा शेर सुनारलाई प्रमुख अतिथि बनाइएको थियो भने शेर सुनार समूहका उम्मेदवारलाई स्वागत गरिएको थियो । सुनारले सम्बोधन गर्दै यो प्रजातान्त्रिक युगमा कसैले कसैको भोटको ठेक्का लिन नसक्ने र मिडल्याण्डवासीले स्वविवेक प्रयोग गर्दै समावेशी र सक्षम उम्मेदवारलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।मिडल्याण्डवासीको सामूहिक उम्मेदवारी र प्रतिनिधित्वको चाहनाप्रति आफू सकारात्मक र उत्साहित रहेको भए पनि केही उम्मेदवारले गरेको डीलले आफूलाई दुःख लागेको सुनारको भनाइ थियो ।कार्यक्रममा सुनारको पक्षबाट उपाध्यक्षका प्रत्यासी प्रेम गाहा मगर,आइसीसी सदस्य प्रत्यासी ललित न्यौपानेले मन्तव्य दिएका थिए।कार्यक्रममा अध्यक्षका प्रत्यासी सुनारको पक्षबाट उपाध्यक्षमा प्रेम गाहा मगर र कमल पौडेल महिला उपाध्यक्ष बिमला लिम्बु र महासचिवमा कर्मा पहाडी,सेर्पा ,आइसीसी सदस्य ललित न्यौपाने, कृष्ण तिवारी, मनिष खड्का, होम नाथ पौडेल अर्जुन कटुवाल उम्मेदवार छन् ।यस्तै सचिब बिष्णु खरेल र महिला सचिव लिला सेलिङ सुनार कोषाध्यक्षमा तेजेन्द्र रोका र सहकोषाध्यक्षमा शकुन्तला गुरुङ, महिला संयोजक क्षमता ढकाल रहेकी छन् ।सदस्य प्रभु न्यौपाने लगायत उपस्थित थिए । यसपटक बेलायतमा विश्वभरकै राष्ट्रिय समन्वय परिषदहरुमध्ये सबैभन्दा बढि झण्डै १४ हजार सदस्य बनेका छन् ।जसमध्ये करिब २ हजार सदस्य बनाएको मिडल्याण्डलाई यो निर्वाचनमा निर्णायक शक्तिका रुपमा हेरिएको छ ।सोमबार मिडल्याण्डको वुल्भरह्याम्प्टनमा भएको तीज विशेष कार्यक्रममा डेढ सय जना स्थानीय नेपाली दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । हाम्रो नेपाली सम्माज वेस्ट मिडल्याण्डको आयोजनामा समाजका अध्यक्ष शिव खरालको संयोजकत्वमा भएको तीज कार्यक्रम संचालन गुरु भण्डारीले गरेका थिए । पूर्व अध्यक्ष मिलन सापकोटाले उपस्थित सबैलाई धन्यवाद दिए भने उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य दिए । नेपालीपत्र वाट साभार फोटो साभार लंडन नेपाल न्यूज़

फेसबुकबाट तपाईको प्रतिक्रिया