सबै मिलेर तिजको मौलिक संस्कृतिलाई जोगाउनु पर्छ:कार्यकारी अधिकृत भण्डारी

प्रकाशित मिति:

कौरब खत्री- बागलुङ/गुल्मीको मुसिकोट नगरपालिका ३ तोलादी स्थित तोलादी प्राथमिक विद्यालयले आयोजनामा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।तिजगित कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिका गुल्मीका कार्यकारी अधिकृत नवराज भण्डारीले हाम्रो तीजको मौलिक संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्नेमा जोड दिए ।साथै कार्यकारी अधिकृत भण्डारीले तिजगितका माध्यमबाट समाजका विकृति र विसङ्गगतिलाई अन्त्य गर्नु पर्ने भन्दै तजिले मनोरञ्जनसँगै सामाजिक तथा महिला विकासको लागि अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका वडा सदस्य गणेश कुँवर, सुवेदार शंकर रायमाझी, नेपाली काग्रेस मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख झविलाल भण्डारी, नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ देउरालीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र नेपाली, जनजगृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौरका प्रधानाध्यापक रामप्रसाद आचार्य, सञ्चारकर्मी कौरव खत्री,लगायत शिक्षाप्रमी,कलाप्रमी,समाजसेवी महिला,युवा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम ५समूहको सहभागिा रहेको खुल्ला तिजगित प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ मैदान प्रथम,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ देउराली द्धितीय र जनजागृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौर तृतीय भएका छन्

त्यस्तै बिहानी बाल क्लव मुसिकोट नगरपालिका ३ मैदान सान्त्वना भएको छ भने आयोजक तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादी उत्कृष्ट भएको छ ।विजेता सबै समूहहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।कार्यक्रम तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसान मल्लको अध्यक्षता तथा मुसिकोट नगरपालिका गुल्मीका कार्यकारी अधिकृत नवराज भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादीका प्रधानाध्यापक मधु मल्लको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सोही विद्यालयका शिक्षक अर्जुन परियारले गरेका थिए ।