सैनामैना र तिनाउमा तीज विशेष कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल –संस्कृती जोगाऔँ,पहिचान बचाऔँ नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर सैनामैना मेमोरियल स्कूलले अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । जुनियर र सिनियर गरी दुई तहका चौधवटा समुह बिच आयोजित सो प्रतियोगिताको जुनियर तर्फ रातो सदनका सुदन पाण्डेको समुह प्रथम निलो सदनकी प्रीन्सा के.सी.को समुह दोस्रो र हरियो सदनकी स्वीकृती गिरीको समुह तेस्रो भएका छन् भने सिनियरतर्फ हरियो सदनकी इशु जि.सी.को समुह प्रथम र निलो सदनकी सन्ध्या पुनको समुह दोस्रो भएका छन् ।

हरेक बर्ष हुने यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुमा धर्म , संस्कृती र त्यसको महत्वको बारेमा ज्ञान दिन महत्वपुर्ण भूमिका खेल्ने विद्यालयका प्राचार्य जे.बि. क्षेत्रीले बताए । यस्तै बुटवल देविनगरस्थित तिनाउ बोर्डिङ स्कूलमा तिजगित प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भएका छन् । विद्यालयकी प्राचार्य सिता पाण्डेको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमूर्ति पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ४ देखी कक्षा ९ सम्मका १५ समूहले भाग लिएका थिए । जसमा प्रकृती खत्रीको समूह प्रथम, अप्सरा रानाभाटको समूह द्वितिय , वर्षा पौडेलकोे समूह तृतीय , एन्जेला थापा र आरोही थापाको समूह सान्त्वना भएका विद्यालयका सहप्रचार्य इश्वरी प्रसाद पाण्डेले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस रुपन्देही शाखा जुनियर रेडक्रसद्धारा आयोजित वक्तृत्वकला प्रतियोगीतामा द्वितिय भएकी छात्रा नमिता थापालाई सम्मान गरिएको थियो ।