स्वतन्त्र पत्रकार संघ रुपन्देहीको ‘तीज मिलन तथा दर खाने कार्यक्रम’ सम्पन्न

१३ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
6 Shares


बुटवल –स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल मिलनचोक स्थित सेन्ट्रल जोनमा आज कार्यक्रम गरि शुभकामना आदानप्रदान गरेको हो। विभिन्न कार्यक्रम गर्ने क्रममा रुपन्देही शाखाले आउदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्ने हेतुले तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक मनिसा अधिकारीले जानकारी दिएकी छन।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाका उपाध्यक्ष चक्रपाणि डुम्रेको अध्यक्षता तथा स्वतन्त्र पत्रकारका केन्द्रीय उपाध्यक्ष राजेन्द्र जंग रायमाझीको प्रमुख आथित्यतामा भएको थियो। त्यसैगरि प्रदेश न।५ सदस्य विवश विष्ट, प्रदेश सदस्य अर्जुन खत्री, रङ्गिन मिडिया संचालक मोहन केसि लगायत को उपस्थित रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्र जंग रायमाझिले नारिहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरुले नै नेतृत्व गर्दै गरेको यो कार्यक्रम सराहनिय भएको बताउनुभयो। विगतमा गर्दै गरेका काम भन्दा अझै फरकखालका काम रुपन्देही शाखाले गर्ने बताउदै तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश सदस्य विवश विष्ट, पत्रकार मोहन केसि, रुपन्देही कोषाध्यक्ष प्रेम बुढाथोकी, कार्यक्रम संयोजक मनिसा अधिकारी लगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा नाचगान, शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गरिएको थियो ।कार्यक्रम विनोद विष्टको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…