सर्वोच्चमा घट्यो मुद्दा फछ्र्योट दर

प्रकाशित मिति:

काठमाडौँ –जिल्ला र उच्च अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फछ्र्योटमा सफलता हासिल गर्दा सर्वोच्च अदालतमा भने फछ्र्योट दर घटेको छ । वि।सं। २०७५ असार मसान्तको तुलनामा गत असार मसान्तसम्म फछ्र्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फछ्र्योट दर घटेको हो । मुद्दा तथा रिटको फछ्र्योट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ । वि।सं। २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो ।

यो वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ । विश्लेषणअनुसार उच्च र जिल्ला अदालतमा भने फछ्र्योट दरमा सुधार छ । उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ । विश्लेषणसहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको भने छैन । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।