अझै रोकिएन टिप्पर आतंक ,ट्रिपरको ठक्करबाट २ जना गम्भीर घाइते

प्रकाशित मिति:

पाल्पा-पाल्पाको डुम्रेमा शुक्रबार साँझ ट्रिपरको ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २९९४ नम्बरको ट्रिपरले बुटवलबाट तानसेनतर्फ आइरहेको लु ३३ प ९३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक पाल्पा जिल्ला बगनासकारी गाउँपालिका–६, यम्घा बस्ने २२ वर्षीय थर्कराज खनाल र मोटरसाइकलको पछाडि बस्ने २० वर्षीया रञ्जु खनाल गम्भीर घाइते भएका हुन् ।

घाइते दुबैजनाको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ । ट्रिपर चालक र ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।दुर्घटनाको विषयमा थप अनुसनधान भइरहेको प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक एकका बहादुर नेपालीले जानकारी दिनुभयो ।

थप समाचार