मोतिरामको जयन्तीमा स्मृति युवा सम्मानद्धारा ज्यूने रहरका गजलकार चालिसे सम्मानित

प्रकाशित मिति:

कौरब खत्री- बाग्लुङ्ग /बाग्लुङ्गमा राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको १सय ५४ औं जयन्तीको अवसरमा स्मृति युवा सम्मान २०७६ बाट ज्यूने रहर गजल संग्रहका गजलकार हरि चालिसे एबिसीलाई प्रदान गरिएको छ ।शुक्रवार बाग्लुङ्गमा धवलागिरी साहित्य प्रतिष्ठान, धवलकला मन्दिर,सार्थक प्रकाशन, स्मृति प्रकाशन तथा विद्यामन्दिर पुस्तकालय बागलुडको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्मृति युवा सम्मान २०७६ बाट गलकोट नगरपालिका ८ काडेवास निवासीका ज्यूने रहर गजल संग्रहका युवा गजलकार हरि चालिसे(एबिसी)लाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।

साथै राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको जयन्तीका अवसरमा मोति सम्मान २०७६ बाट मुस्ताडबाट प्रकाशित हिमाल पारिको आवाजका सम्पादक र प्रकाशक भीमबहादुर रसाइली, धवल मोती सम्मान२०७६ बाट कलाकार,चित्रकार ठाकुरजंग राजभण्डारी र कलाकार,चित्रकार मछिन्द्र शाक्यलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।साथै जयन्तीका अवसरमा सम्मानित स्रष्टाहरूलाई बधाई एवं साहित्यको महत्वका बारेमा धवलकला मन्दिरका सचिव गोविन्द सुवेदी,नेपाल पत्रकार महासंघ बाग्लुङ्गका अध्यक्ष दिल श्रीस, नेपाल पत्रकार महासंघ बाग्लुङ्गका सल्लाहकार सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको १सय ५४ औं जयन्तीका अवसरमा २ दर्जन साहित्यकारहरुले आ–आफ्ना लेख तथा रचनाहरु बाचन गरेका थिए ।कार्यक्रम धवलागिरी साहित्य प्रतिष्ठान बाग्लुङ्गका अध्यक्ष काजी रोशनको अध्क्षयता तथा धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता तथा विद्या मन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने प्रतिष्ठानका सचिव राम थापा अविरलले गरेका थिए ।