हरितालिका तिजको अवसरमा भलिबल प्रतोयोगिता शुरु प्रहरी तालिम केन्द्र,बुटवल र मणिमुकुण्ड कलेज,बुटवल बिजयी

प्रकाशित मिति:

कञ्चन संगम स्पोर्टस युवा क्लब,कञ्चन २,गजेडीको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएकोछ। महिलाहरुको महा पर्व हरितालिका तिजको शुभ अवसरमा आयोजित भलिबल प्रतियोगिता कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उदघाटन गर्नु भएको थियो।अध्यक्ष क्षेत्रीले प्रतियोगिताको उदघाटन गर्दै युवाहरुको शसक्तिकरण खेलकुदबाट पनि हुने र प्रतियोगितामा बाजि जित्न प्रयोग गरिने सीप र कलालाई समाज परिबर्तनका लागि प्रयोग गर्न सके कञ्चनको समृद्धिमा बलियो इटाको थप हुने बताउनु भएको छ।यस्तै विशिष्ट अतिथि तथा वार्ड नं २ का अध्यक्ष शेर बहादुर थापाले युवाहरुको खेलप्रतिको रुचिलाई कायम राख्न खेलकुद गतिबिधीहरुलाई पनि गाउपालिकाले समेट्दै जाने बताउनु भएको छ।

विभिन्न १२ भलिबल क्लबहरुले सहभागिता जनाएको प्रतियोगितामा नेपाली सेना,प्रहरी तालिम केन्द्र बुटवल,मणिमुकुण्ड कलेज,मणिमुकुण्ड भलिबल क्लब लगायतले सहभागिता जनाएका छन।प्रतियोगिताको सफलताको लागि नेकपाका धनकुबेर बुढाथोकी,नेपाली कांग्रेसका टेक बहादुर गुरुङ,क्लबका भुतपुर्ब अध्यक्ष देब बहादुर थापा,खेल संयोजक प्रेम राना लगायतले मन्तब्य ब्यक्त गरेका थिए।

हिजो भएको प्रहरी तालिम केन्द्र,बुटवल र कालिका क्लब,धरमपुर,कपिलबस्तु बिच भएको उद्घाटन खेलमा प्रहरी तालिम केन्द्र,बुटवलले सोझोसेटमा कालिका क्लबलाई पराजित गर्न सफल भएको छ भने लाली गुरांस युवा क्लब,कञ्चन  ३,हरैया र मणिमुकुण्ड कलेज,बुटवल बिच भएको दोश्रो खेलमा मणिमुकुण्ड कलेज,बुटवलले लाली गुरांस युवा क्लब,कञ्चन  ३,हरैयालाई २  ,१ को सेटमा पराजित गरेकोछ।यसैगरी मणिमुकुण्ड भलिबल क्लब निलो र प्रगति माध्यमिक बिधालय बिच भएको तेश्रो खेलमा मणिमुकुण्ड भलिबल क्लब निलो बिजयी भएकोछ। क्लबका अध्यक्ष सन्त बहादुर रानाको अध्यक्षतामा संचालित प्रतियोगितामा सहभागी प्रतियोगी र दर्शक तथा सहयोगी संघसंस्थाहरुको स्वागत क्लबका कोषाध्यक्ष बिष्णु बुढाथोकीले गर्नु भएको थियो भने क्लबका सचिब ज्ञान बहादुर छन्तेलले कार्यक्रम संचालन गर्नु भएको थियो।