डिलर तथा थोक विक्रेता भेटघाट कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल –एसियन स्पाइसेज एण्ड फुड प्याकेजिङ उद्योग तथा एभरेष्ट सेल्स एण्ड मार्केटिङ कमपनी प्रालीको आयोजनामा डिलर तथा थोक विक्रेता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै रुपन्देही मिष्ठानन, क्याट्रिङ तथा पार्टी प्यालेस संघ का अध्यक्ष लक्ष्मण पोख्रेलले व्यवसायीले विक्री गर्ने खाद्य वस्तु उपभोक्ताको रोजाई बन्न सकेमात्र बजारमा टिक्न सक्ने बताउनुभयो । खानाको स्वाद मसलामा भर पर्ने भएकाले नेपाली उत्पादनलाई प्रबद्र्धन गर्न र विक्रेताले गुणस्तर वस्तु बेच्नुपर्ने भनाइ राख्नुभयो ।

त्यस्तै, खुद्रा तथा किराना व्यवसायी संघका जिल्ला उपाध्यक्ष महेन्द्र पोख्रेलले नेपालमै उत्पादित फाइन मसला ग्राहकको रोजाइ बनिरहेकाले अझ स्वाद र सबै भेराइटिमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका सदस्य तारा प्रसाद भण्डारी, एभरेष्ट सेल्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक केशव न्यौपाने , कम्पनीका सेल्स म्यानेजर शंकर तिमिल्सीना लगायतले बोल्नुभएको थियो । मोरङको थलाहामा उत्पादित फाइन मसला अन्तराट्रिय स्तरमा समेत विक्री भइरहेको छ । बुटवलका लागि श्री भैरव मार्केटिङ यसको अधिकृत विक्रेता हो ।