गौहत्या छानविनका लागि गृहमन्त्रालयद्वारा समिति गठन

प्रकाशित मिति:

काठमाडौं । नेपालगञ्जबाट दैलेख लगिदै गरेका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ ।छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ वटा ट्रकसहित चालकलाई पक्राउ गरेको छ ।गौहत्या जस्तो गम्भीर अपराधमा संलग्नलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए ।