जनउत्थान साकोसको तीजगीत प्रतियोगिता सम्पन्न, उपाधि बभनी आमा समुहलाई

प्रकाशित मिति:

मोहन न्यौपाने – तिलोत्तमा/ जनउत्थान साकोस तिलोत्तमा— १५ कोटिहवाको आयोजनामा सिस्टर क्लबबिचको तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । साकोसाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षता तथा भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा बभनी आमा समुहले प्रथम स्थान हासिल गरेको थियो । उपाधि जितेसंगै बभनी आमा समुहले नगद रु. १० हजार प्राप्त गर्यो भने दित्तीय हुदै लाखानाचोक टोल सरसफाई समाजले नगद रु. ७ हजार र तृतीय हुदै कामना जनउत्थान समूह बिसौरियाले नगद रु. ५ हजार र सान्तवना स्थान हासिल गरि जयकाली जनउत्थान समूह कान्छीबजारले नगद रु ३ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा अन्य सबै प्रतियोगीले नगद रु. २÷२ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम दित्तीय तृतीय र सान्तवना हुने सबैलाई प्रमुख अतिथि भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले नगद , गिफ्ट ह्याम्पर तथा अबिर सहित सम्मान गर्नुभएको थियो । सो प्रतियोगितामा बोल्दै पमुख अतिथि पौडेलले ग्रामिण तहमै रहेर छोटो समयमा जनताको मनजित्न सफल जनउत्थान सहकारी नेपालकै उदाहरण भएको बताउनुभएको छ । उहाले जनतामुखी कार्य गरेको सहकारीले प्राप्त गरेको बिभिन पुरष्कार र देशमै उदाहरणिय काम गरेको प्रति खुलेर प्रसंशा गर्नुभयो । साथै उहाले गीत संगीत मार्फत सामाजिक जनचेतना र देशको समृद्दीको लागि सबै महिला एकजुट हुनुपर्ने बताउनुभयो ।सो कार्यक्रममा बोल्दै जनउत्थान साकोसकि अध्यक्ष ज्ञानु पौडेलले जनताको सहभागिता र दायित्वले पाएको पुरष्कार सबै सदस्यमा समर्पित गर्दै आगामी दिनमा यस्तै साथ् र सहयोगको अपेक्षा गर्नुभएको थियो । उहाले महिलाहरुको सहभागिता र सम्मानका लागि सधैको बर्षजस्तै गरिने तीजगीत प्रतियोगितामा सहभागी सबै समुहलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका कार्यबाहक प्रमुख दुर्गा प्रसाद पाण्डेले सहकारी मार्फत कृषि र उद्दमी को क्षेत्रमा कार्य गरिरहनु भएको सदस्य हरु बाट आगामी असोज ९ गतेहुने लगानी सम्मेलनमा सबै तरहले सहयोग गर्न आग्रह गर्नुभयो । उहाले सहकारी मार्फत समाज धेरै बिकाशमा अघि बढेको भन्दै सहकारीको उत्तरोत्तर प्रगतिक कामना गर्नुभयो । त्यस्तै सोहि कार्यक्रममा बोल्दै सस्थाका ब्यबस्थापक रनबहादुर थापाले सस्थाले गरेको सामाजिक कार्य जस्तै आयआर्जन , सिपमुलक तालिम , स्वरोजगार कार्यक्रम, ब्यबसायी सम्मान, महोत्सब सम्मान, तीजगीत प्रतियोगिता, विपद ब्यबस्थापन, सरसफाई अभियान, उद्दमशिलता , सुत्केरी स्याहार , विभिन्न अक्षयकोश लगायतका कार्यमा सरिक हुदै जनताको सुखदुखमा सदैब साथ् दिने बताउनुभएको थियो । सो प्रतियोगिताको अवसर पारि सस्थाले विभिन्न कार्यमा सहयोग गर्ने अक्षयकोशको लागि सम्मान सहित डबल नगद प्रदान गरिएको थियो । स्थानिय क्लब, संघ सस्था, बाल क्लब, नियमित रक्तदाता, उत्कृस्ट करेसाबारीमा सहभागी उत्कृस्ट एक एक जनालाई लाइ नगद सहित सम्मान गरिएको थियो ।हाल १७ हजार सदस्य रहेको जनउत्थान सहकारीले आफ्नो ३ शाखा मार्फत पहुच कार्यालय स्थापना गरेको छ । सस्थाकी उपाध्यक्ष गिरि प्रसाद पुनको स्वागत मन्तब्यबाट शुरु भएको सो प्रतियोगिताको संचालन सस्थाकि लक्ष्मी भुसाल र दुर्गी कुमारी रानाले क्रमैसंग गर्नुभएको थियो । तीजगीत प्रतियोगितामा सहकारीको सुबिधा योजना बिशेसता र उत्कृस्टता समेटिएको थियो ।