हरितालिका तिजको अवसरमा महिला भलिवल प्रतियोगिता शुरु

प्रकाशित मिति:

कञ्चन-कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल,कञ्चन रुपन्देहीको आयोजनामा महिलाहरुको शसक्तिकरण र आन्तरिक क्षमतालाई प्रस्फुटन गर्ने उद्धेश्यले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा खुल्ला महिला भलिवल प्रतियोगिता आज शुरु भएको छ ।बिभिन्न संघसंस्थाहरुले महिलाहरुको पुर्नमिलन सहित डर खुवाउने कार्यक्रम संचालन भैरहेको र तिज महिलाहरुको लागि निकै महत्वपुर्ण पर्व भएकोले हरितालिका तिजको गरिमालाई बृद्धि गर्न,महिलाहरुको शसक्तिकरण र आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न फरक सन्देश प्रबाह गर्ने गरी महिलाहरुको लागि खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको भलिबल प्रतियोगिताको सुभारम्भ लायन्स क्लब अफ इन्टरनेश्नल एरिया ४ का जोन चियर प्रसन कृष्ण पौडेलले गर्नु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै लायन्स क्लब विशुद्ध गैर नाफामुलक सामाजिक संस्था भएकोले अरु कसैले दिएर काम गरौला भनेर अरुको आस गरेर नभै आफैले खर्च गरेर सामाजिक सेवामा प्रतिबद्द हुनु पर्ने बताउनु भएकोछ।कतिपयले बिदेशबाट पैसा आएर काम गर्ने संस्था भएको समेत आरोप लगाइ रहेको सन्दर्भमा लायन्समा कुनै कोहि कसैबाट पैसा नआउने तर हामी आफैले सहयोग संकलन गरि सामाजिक सेवा गर्दै आउने संस्था भएको बताउनु भएकोछ।यस्तै कञ्चन हरैया लायन्स क्लब अफ इन्टरनेश्नल बर्ष २०१९र२० का अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले महिलाहरुको महान पर्व हरितालिका तिजको गरिमा मौलिक कला र संस्कृतिको प्रबर्द्धन गर्न महिलाहरुको खेलकुद प्रतिभालाई सम्बर्द्धन गर्न महिला भलिबल प्रतियगिताको आयोजना गरिएको बताउनु भएको छ।

भदौ १४ र १५ गते गरि दुइ दिन सम्म संचालन हुने प्रतियोगितालाई ब्यबस्थित र मर्यादित गराउन फिवको नियममा आधारित खेल संचालन गरिने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २० हजार,दोश्रो हुनेले १५ हजार,तृतिय हुनेले १० हजार र सान्तवनाको लागि ५ हजार र मेडल तथा प्रमाण पत्र प्रदान गरिने खेल संयोजक तथा कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का प्रथम उपाध्यक्ष लायन राम बहादुर थापाले जानकारी गराएका छन ।आज हरैया माध्यमिक बिधालय र नवज्योती ईंलिस स्कुल तिलोत्तमा बिच भएको उदघाटन खेलमा नवज्योती ईलिस स्कुल बिजयी भएको छ भने रिभर साइड र बालज्योती माध्यमिक बिधालय बिच भएको दोश्रो खेलमा रिभरसाईड बिजयी भएको छ।यसैगरी एभर ग्रिन ईलिस स्कुल र दुर्गा शैक्षिक गृह बिच भएको तेश्रो खेलमा एभरग्रिन ईंलिस स्कुल बिजयी भएको छ भने हरैया माबि ए र रुद्रपुर पिसल्याण्ड भुपु सैनिक ईंलिस स्कुल बिच भएको चौथो खेलमा रुद्रपुर पिसल्याण्ड भुपु सैनिक ईंलिस स्कुल बिजयी भएको कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल,कञ्चन रुपन्देहीका सचिब लायन गणेश आचार्यले जानकारी दिनु भएको छ।प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल,बुटवल,दुर्गा शैक्षिक गृह,सियारी,एभरग्रिन ईंलिस बोर्डिङ स्कुल,कञ्चन,हरैया मा।बि।ए र बि,रुद्रपुर पिसल्याण्ड भुपुसैनिक ईंलिस स्कुल,कञ्चन,मणिमुकुण्ड भलिबल क्लब,तिलोत्तमा,न्यु होराइजन ईलिस स्कुल,बुटवल,नवज्योती ईलिस स्कुल तिलोत्तमा,बालज्योती माध्यमिक बिधालय,कपिलबस्तु र रिभरसाईड युवा क्लब,कञ्चन गरि ११ समूहले भाग लिएका छन।