यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

१४ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।भारतको कल्याणी रंगशालामा शनिबार भएको फाइनलमा नेपाल भारतसँग ठूलो अन्तरले पराजित भएको हो । नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो । यो पटक समेत गरि नेपाली टीम तीन पटक फाइनल खेलमा पराजित भएको छ ।पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो । भारतको जीतमा सिद्रथ नोङमिकापमले ह्याट्रिक पूरा गरे । मेसनसिंह, अमनदीप, शिबजितले गोल गरे ।

समूह चरणको पहिलो खेलमा पनि नेपालले भारतसँग ५–० को फराकिलो हार व्यहोरेको थियो ।नेपाल अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग एक शून्यले पराजित भएको थियो । २०१७ मा भएको प्रतियोगितामा पनि नेपाल दुई पटक भारतसँग खेल्दा दुबै पटक हारेको थियो । समुह चरणमा दुई एकले हारेको नेपाल फाइनलमा पनि सोहि नतिजाले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया