सुदुरपश्चिमको पुरानो संस्कृतिलाई बचाउन, महिला देउडा प्रतियोगिता

१४ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
46 Shares


डडेल्धुरा –पश्चिमा संस्कृतिको दबदबा बढ्दै गएका बेला परम्परागत संस्कृति जोगाउन अभियान थालिएको छ । सुदूरपश्चिमको देउडा संस्कृतिका लागि डडेल्धुरामा प्रतियोगिता नै आयोजना गरिएको छ । महिला देउडा प्रतियोगितामा भेषभुषालाई समेत प्राथमिकतामा राखिएको छ ।महिलाहरुले परम्परादेखि लगाउँदै आएका चोला, गामन, पटुकी, मुनेठो, सुता, हवेली लगायतका पहिरन लगाएर देउडा गायन हुनेछ । यसले कला, संस्कृति, पहिरनको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

सुदुरपश्चिमको पुरानो संस्कृतिलाई बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । पुरानो भेषभुषाको प्रर्दशनी सहित आयोजना गरिएको डेउडाले सुदुरपश्चिमको लोकसंस्कृतिको उजागर गरेको स्थानीय बताउछन् ।लोप हुन लागेका र लोप भईसकेका भेषभुषा तथा संस्कृतिको प्रर्दशनीले युवाहरुलाई समेत उत्साह थपेको छ महिला देउडा प्रतियोगितामा डडेल्धुरा जिल्लाका ४ वटा टिमको सहभागीता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया