‘छ माया छपक्कै’ को गीतमा केकी र दीपकको प्रेम

प्रकाशित मिति:

काठमाडौँ –असोज २४ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘छ माया छपक्कै’ को गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।गीतमा बसन्त थापा र मीना निरौलाको स्वर सुन्न सकिन्छ भने गायक थापाकै संगीत रहेको छ । यस्तै गीतमा लेखक तथा गीतकार राजेन्द्र थापाले शब्द लेखेका छन् । श्रीकृष्ण बम बल्ल, एचबीएन किस्मन, क्षेत्र शाही, जुना श्रीस र निरु श्रीसले पार्श्वध्वनि दिएको यो गीत लोकशैलीमा आधारित छ ।

गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । यस्तै गीतको भिडियो भिडियो दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतले कम्मर मर्काएका छन् ।रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । फिल्मको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् ।यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ । चलचित्रको ट्रेलर अझै रिलिज गरिएको छैन ।