पूर्व राजदूत झाको हत्या

प्रकाशित मिति:

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ।  काठमाडौंको बबरमहलस्थित निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

सिंहका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन्। झा सुतेको कोठाको ढोका बाहिरबाट ताला लगाइएको थियो। प्रहरी झाको घर पुगेर ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा चक्कु फेला परेको प्रहरीले जनाएको छ।करिब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्सका लागि नेपालका ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति हुन्।