दूधको मूल्य बढाउन किसानको माग

प्रकाशित मिति:

काठमाडौँ –दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य रु १० बढाउन माग गर्नुभएको हो । उहाँले तीन वर्षदेखि दूधको मूल्य एउटै रहेकाले बढाउन माग गरिएको बताउनुभयो ।

“अहिलेकै मूल्यमा दूध बेच्दा हाम्रो लागत मूल्य नै उठ्दैन”, उहाँले भन्नुभयो, “सम्पूर्ण वस्तुको मूल्य पटकपटक बढ्दा पनि दूधको मूल्य बढेको छैन । त्यसैले दूधको मूल्य बढाउनु पर्दछ ।” केन्द्रीय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानले नेपालमा दूध उत्पादक किसानको सहभागिता हुनुपर्ने, किसान निवृत्तिभरण र किसानको वर्गीकरणसहितको परिचयपत्र व्यवस्था गर्नुपर्ने, कृषि सहकारी र बचत ऋण सहकारीले एक प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न पाउनुपर्ने समाजले माग गरेको छ ।

थप समाचार