आज मेघ गर्जनसहित केही स्थानमा वर्षा हुने

१५ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
42 Shares


 काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशको पश्चिमी भागमा बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । साथै मध्य तथा पूर्वी भागमा सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टाको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आइतबार दिउँसो पश्चिम, पूर्व र मध्य भागमा बदली हुनुका साथै ती क्षेत्रमा मेघ गर्जन र चट्याङससहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

आइतबार राति देशभर बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ । त्यस्तै सोमबार राति देशभरी सामान्य बदली रही पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने तथा राति देशभर बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ ।त्यस्तै पश्चिमका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया