भारतमा नेपाली समुदायले तिज मनाउने ‘तिज महोत्सव २०७६’

१५ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
51 Shares


एजेन्सी -भारतमा पनि नेपाली समुदायले तिज मनाउन लागेका छन् । भारतमा रही नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी ‘नेपाली जनकल्याण समिति’ले ‘तिज महोत्सव २०७६’ को आयोजना गरि जित मनाउन लागेको हो ।चर्चित गायक तथा सर्जकहरुलाई बोलाएर प्रत्येक वर्ष तिज कार्यक्रम राख्दै आएको सो संस्थाले यसपटक पनि नेपालबाट कलाकारहरु मगाएको छ । तिज महोत्सवमा आफ्नो प्रस्तुति देखाउनको लागि नेपालबाट कलाकारहरु समेत भारतको नयाँदिल्ली मगाइएका छन् ।

जित कार्यक्रमका लागि चर्चित गायक सर्जक हुम गैरे, मोडल तथा संचारकर्मी चर्चित गायिका सम्झना लामिछाने, गायक भुपराज न्यौपाने सहित झन्डै १ दर्जन राष्ट्रिय तथा स्थानीय कलाकार तयारीसहित नयाँदिल्ली आईपुगेका संस्थाका महासचिव जीवन शर्माले बताए ।भोलि सेप्टेम्बर २ गते दिउँसो १२ देखि ७ बजेसम्म आयोजना गरिएको कार्यक्रम मोडल टाउन सेकेन्ड स्टोरवाला पार्क, रामलिला ग्राउन्डमा गरिने अध्यक्ष कुमार अधिकारीले बताएका छन् । त्यस्तै कार्यक्रम संयोजक फर्श थापाले कार्यक्रमको पुर्ण तयारी गरिएको र कार्यक्रम भव्य रहने आशा आफुहरुले लिएको जनाए।वि स २००६ सालमा स्थापना गरिएको सो संस्था सामाजिक संस्थाको रुपमा जेष्ठ संस्था मानिन्छ । नेपाली दाजुभाइहरुलाई दुस्ख सुखमा साथ दिने यस संस्थाले हरेक पर्वहरुमा कार्यक्रम समेत गर्दै आएको सस्थाका उपाध्यक्ष फडेन्द्र अधिकारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया