सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी विकास बैंक

प्रकाशित मिति:

बुटवल –गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै भरतपुर महानगरपालिका वडा नं.११,भोजाड,नयाँकिरण टोल स्थित श्री नयाँकिरण माध्यमिक विद्यालय कक्षा १ देखि १० सम्मका करिब ५५० विद्यार्थी मध्ये २०जनागरिब,जेहेन्दार,टुहुरा,दलित बिद्यार्थीहरुलाई विद्यालय परिसरमा नै उपस्थित भै कापी किताब राख्ने झोला,कपी,कलम पेन्सिल,साबनवितरण गर्ने कार्य सम्पन्न गरेको छ ।बैंकका नारायणगढ कलस्टर प्रमुख,नायब प्रबन्धक  सुरज शर्मा ज्यु,भ.म.न.पा–११,भोजाड शाखा का शाखा प्रमुख  केशब राजआचार्य,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे, विद्यालयका प्रधानध्यापक रामेश्वर अधिकारी लगायतले संयुक्त रुपमा एक समारोहका विच गरिब,जेहेन्दार,टुहुरा,दलितबिद्यार्थीहरुलाई विद्यालय परिसरमा नै उपस्थित भै कापीकिताब राख्ने झोला,कपी,कलम पेन्सिल,साबन वितरण गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता उक्त विद्यालयका अध्यक्ष  रके पाण्डेले गर्नु भएको थियो भने बैंक का नारायणगढ कलस्टर प्रमुख,नायबप्रबन्धक सुरज शर्माले बैंकले आफ्नो सामाजिकउत्तरदायित्ववहनगर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदान का बारेमाप्रकास पार्नु भएको थियो । उहाँले विद्यालयमा प्रत्यक्ष उपस्थित भइ गरिब,जेहेन्दार,टुहुरा,दलित बिद्यार्थीहरुलाइ यसरी स्टेशनरी सामाग्रीवितरण गर्न पाउँदाआफुलाई खुशि लागेको कुरा व्यक्तगर्नु भयो ।साथै सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी समाजकालागि केही न केही योगदानपुयाउन बैंक सधै तयार रहेको पनिउहाँले बताउनु भयो ।

कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे तथा विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले बैंकले आफ्नो विद्यालयमाअध्ययनरत आर्थिक रुपमा विपन्न गरिब,जेहेन्दार,टुहुरा,दलित बिद्यार्थीहरुलाई संस्थागत दायित्ववोध गर्दै झोलावितरण गरेकोमा बैंक तथा बैंक परिवारलाई धन्यवादव्यक्तगर्दै आगामिदिनमा समेत बैंकले विद्यालयलाई अन्यविभिन्नप्रकारको सहयोग उपलब्ध गराउनेछभनीआशाव्यक्तगर्नु भयो । उक्त कार्यक्रममा बैंकका भोजाड शाखाप्रमुख केशव राजआचार्यले यस गण्डकी विकाश बैँक र यस बैँकले प्रदानगर्ने सेवाहरुको बारेमाप्रकाशपार्नु भएको थियो । कार्यक्रममाविद्यालयव्यवस्थापन समितिका सदस्यहरु,प्रध्यापक लगायतका शिक्षक शिक्षिकाहरु तथाअभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।