हरितालिका तिजको अवसरमा आयोजि महिला भलिवल प्रतियोगिता, दोश्रो दिन पनि जारी

प्रकाशित मिति:

कञ्चन-कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल,कञ्चन रुपन्देहीको आयोजनामा संचालित महिला भलिबल प्रतियोगिताको दोश्रो दिन पनि जारी रहेकोछ।तिज महिलाहरुको लागि निकै महत्वपुर्ण पर्व भएकोले हरितालिका तिजको गरिमालाई बृद्धि गर्न,महिलाहरुको शसक्तिकरण र आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न फरक सन्देश प्रबाह गर्ने गरी महिलाहरुको लागि आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगितामा आज एभरेष्ट बोर्डिङ स्कुल बुटवल र एभर ग्रिन ईंलिस स्कुल बिच भएको पहिलो खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवल ३(० सेटमा बिजयी भई सेमीफाइनलमा प्रबेश गरेकोछ भने न्यु होराइजन ईंलिस स्कुल बुटवल र नवज्योती ईंलिस स्कुल तिलोत्तमा बिच भएको दोश्रो खेलमा न्यु होराइजन ईंलिस स्कुल बुटवललाई नवज्योती ईंलिस स्कुल तिलोत्तमाले ३ ० को सोझोसेटमा पराजित गरि सेमी फाइनलमा प्रबेश गर्न सफल भएकोछ।

यसैगरी एभरेष्ट बोर्डिङ स्कुल बुटवल र रुद्रपुर पिसल्याण्ड भुपु सैनिक बोर्डिङ स्कुल बिच आजै भएको पहिलो सेमीफाइनल खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवल ३० को सोझोसेटमा बिजयी भै फाइनलमा प्रबेश गरेकोछ भने नवज्योती ईंलिस स्कुल तिलोत्तमा र रिभरसाईड युवा क्ल कञ्चन बिच आज भएको दोश्रो सेमीफाइनल खेलमा नवज्योती ईंलिस स्कुल तिलोत्तमाले रिभरसाईड युवा क्ल कञ्चनलाई ३(० को सोझो सेटमा पराजित गरि नवज्योती ईंलिस स्कुल तिलोत्तमा फाइनलमा प्रबेश गर्न सफल भएको आयोजकले जनाएकोछ।

भदौ १४ र १५ गते गरि दुइ दिन सम्म संचालन हुने भनिएको खेल मौसम प्रतिकुलताका कारण खेल समय तालिका परिबर्तन भएको र फाइनल खेल भोली हुने आयोजकले जनाएकोछ। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २० हजार,दोश्रो हुनेले १५ हजार,तृतिय हुनेले १० हजार र सान्तवनाको लागि ५ हजार र मेडल तथा प्रमाण पत्र प्रदान गरिने खेल संयोजक तथा कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का प्रथम उपाध्यक्ष लायन राम बहादुर थापाले जानकारी गराएका छन । भोली एभरेष्ट बोर्डिङ स्कुल बुटवल र नवज्योती ईलिस स्कुल तिलोत्तमा बिच फाइनल खेल हुने आयोजकले जनाएकोछ।प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल,बुटवल,दुर्गा शैक्षिक गृह,सियारी,एभरग्रिन ईंलिस बोर्डिङ स्कुल,कञ्चन,हरैया मा।बि।ए र बि,रुद्रपुर पिसल्याण्ड भुपुसैनिक ईंलिस स्कुल,कञ्चन,मणिमुकुण्ड भलिबल क्लब,तिलोत्तमा,न्यु होराइजन ईलिस स्कुल,बुटवल,नवज्योती ईलिस स्कुल तिलोत्तमा,बालज्योती माध्यमिक बिधालय,कपिलबस्तु र रिभरसाईड युवा क्लब,कञ्चन गरि ११ समूहले भाग लिएका छन।