रोट्रायाकको दुइदिने लिडरसीप तालिम लुम्बिनी एकेडेमी समापन

प्रकाशित मिति:

बुटवल- क्लब अफ बुटवल डाउाटाउनद्धारा आयोजीत दुइदिने लिडरसीप तालिम लुम्बिनी एकेडेमी भव्यताका साथ भएको छ । बुद्धको जन्मस्थल लुम्बिनी जाऔ शान्तिको सन्देश फैलाऔ, लुम्बिनी भ्रमण बर्ष २०७६ सफल पारौ भन्ने उद्देश्यका साथ यहि भदौ १३ र १४ गते लुम्बिनीमा तालिम सम्पन्न भएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी दिए ।युवाहरुमा सकारात्मक सोच र समाज समाज परीर्वतनका लागि नेतृत्व विकासको अहम भुमिका रहेको हुनाले कार्यक्रमको आयोजना गरीएको बताए।

कार्यक्रमका प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय जेशिसका प्रशिक्षक मिलन गुरुङले नेतृत्व विकास सम्बन्धि विभिन्न विषयहरुमा सहभागिहरुलाई समुहमा विभाजन गरी प्रयोगात्मक हिसाबका प्रशिक्षण दिएका थिए । सहभागिलाई विभिन्न प्रयोगात्मक कार्य , योगा सहितका प्रयोगहरु गर्न लगाई असल नेतृत्व बन्न कसरी सकिन्छ र सामुहिक कार्य कसरी सम्भव हुन्छ भन्ने कुरामा प्रयोगहरु मार्फत जोड दिएको अर्का प्रशिक्षक राजेन्द्र घिमिरेले बताएका थिए ।

उक्त कार्यक्रममा ४२ जना विभिन्न संघसस्थाका प्रतिनिधिहरुलाई समावेश गरी २ दिनसम्म चलेको कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि रोटरीका एजी राजेन्द्र ढकालले रोट्रायाकको इतिहासमा रोट्रायाक डाउनटाउनले उत्कृठ एंव भव्य कार्यक्रम अझ लुम्बिनीलाई प्रवर्धन गर्ने हिसावले गरेकोमा धन्यबाद व्यक्त गर्दै सहभागिलाई प्रमाण पत्र वितरण गरेका थिए । क्लबका पुर्व अध्यक्ष बालकृष्ण पाण्डे , विमलराज भट्टराई, जोन ११ का जेड।आर।आर , प्रकाश शर्मा, एडिएस लक्ष्मण खरेल, रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमिरे, सनराइ जबैकका प्रदेश नं ५ का प्रमुख राजेन्द्र घिमिरे लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन एकेडेमी संयोजक योगेन्द्र कडेल साथै क्लबका सचिब कार्यक्रम सौरभ भुषालले गरेका थिए ।