फिल्म ‘पानीफोटो’ को मुहुर्त बंगलामुखी मन्दिरमा सम्पन्न

प्रकाशित मिति:

काठमाडौँ –फिल्म ‘पानीफोटो’ को मुहुर्त राजधानीको बंगलामुखी मन्दिरमा गरिएको छ । फिल्म लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गर्नेछन्।लामिछानेले ‘पानीफोटो’ फिल्मबाट निर्देशमा डेव्यु गर्दैछन् । उनले आफैद्वारा लिखित नाटक ‘पानीफोटो’ लाई फिल्मको स्वरुप दिन लागेका छन् ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।फिल्मलाई दीपकबज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममा संगीत दिनेछन् । चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् ।फिल्ममा खगेन्द्रसंगै मेनुकाप्रधान, सुनिल पोखरेल, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ , बुद्धि तामाङ्ग लगायतका कलाहरुको अभिनय रहेको छ । फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य रहेको निर्माण टोलीले बताएको छ ।