अब घरमै बसेर पनि मुद्दाको बहस गर्न सकिने

प्रकाशित मिति:

काठमाडौँ –सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ।कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् ।

सर्वोच्चमा आइतबार ३५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो। तीमध्ये ४० वटा स्थगन भएका छन्। कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे। उनीहरुले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ।