खसीबोका आयातमा कडाइ, दशैँमा मासु महँगो हुने

प्रकाशित मिति:

काठमाडौँ –सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ ।हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ ।

चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन ।आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।