नयाँदिल्लीमा गाईका लागि होस्टेल

प्रकाशित मिति:

एजेन्सी –विद्यार्थीका लागि छात्रावास अर्थात् होस्टेल हुनु त स्वभाविकै हो । तर भारतको नयाँदिल्लीमा भने गाईका लागि होस्टेल बनाइँदैछ ।दिल्ली सरकारका एकजना मन्त्रीले गाईका लागि समेत होस्टल बनाउने भएका छन् ।

गाइका लागि बनाइएको गौ आवासमा गाईका लागि खानपिनदेखि स्याहार सुसारलगायत सबै बन्दोबस्त हुनेछ । किसानले आफ्नो गाईलाई होस्टेलमा राख्नका लागि शुल्क तिर्नुपर्नेछ ।गाईको स्वास्थ्यको ख्याल गर्नका लागि गाईमा माइक्रोचिप जडान गरिनेछ र त्यहाँ पशु अस्पताल पनि रहनेछ । घुम्मन हेडा गाउँमा रहेको १८ एक्कड जमिनमा गौशालासँगै एउटा वृद्धाश्रम पनि बन्नेछ । जहाँका बुढापाकाहरुले गाइको स्याहार गर्नेछन् ।