टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोट

प्रकाशित मिति:

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोटमा परेका छन्।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा समान १०÷१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । अब पुरुष र महिला दुवैतर्पm ५÷५ खेलाडी बाहिरिनेछन् । सागमा पुरुष÷महिलामा समान ५–५ गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि महिलामा १६ र पुरुषमा १७ खेलाडीबाट पहिलो चरणको छनोट गरिएको हो । पहिलो चरणमा पुरुषतर्पm नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपिएफका पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, त्रिभुवन आर्मीका कृष्ण थापामगर, प्रहरीका सुनील महर्जन र आर्मीका मणिकुमार लामा छनोट भएका छन् ।महिलामा प्रहरीकी नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपिएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापामगर, एपिएफकी सिक्का सुवाल, प्रदेश–१ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिएका छन् ।