जब हुन्छ युवाको हात ,तब फेरिनछ देशको काचुली दिनरात

प्रकाशित मिति:

बिपिन नेपाल –युवा महान छन , युवा नै शक्तिशाली छ्न १ जुन युवा अवस्थामा मनिस स्वास्थमा कुनै पनि समस्या देख्या नपरेको र सधै तन्दुरुस्त ,निरोगी ,जोसिलो जागरुक हुनका साथै सहसिलो हिम्मतबाल हुने गर्दछ । त्यो युवा जस्ले कुनै पनि अवस्थामा जस्तोसुकै अफ्ट्यारो भन्दा अफ्ट्यारो परिस्थितिको विरुद्ध लड्ने साहास जुटाउनु , लड्न सक्ने क्षमता समेत राख्ने गर्दछ । जुन बेला देशमा कुनै समस्याको समाना गर्न परेनी क्रान्तिकारी परिवर्तनशिल र अग्रगामी परिवर्तन शक्ति भएर देश परिवर्तन गर्न सफल भएको पनि कति हाम्रै देशमा देख्या परेको छ । हाम्रो देशलाई बुझनेहो भनी हाम्रो देशकै राजनीतिमा हेर्न हो,भने बिद्यार्थी जीवन बाटै राजनीति गर्दै जस्तै अनेरास्ववियु र नेपाल बिद्यार्थी संघ  ने।बि।सं खाल्का बिद्यार्थी पाटी देखि राजनीति क्षेत्रमा छिरी अन्तिम अवस्थामा पनि युवा नेता हु भनेर सुन पाइन्छ ।

सायद हाम्रो देशमा मानिसहरु अझै पनि अल्मल पर्छ्न कि कस्तो मानिसलाई युवा भनेर बुझ्ने युवा भनेको देशका गहना हुन ,जस्को हिम्मत बाट देशको काचुली फेर्न र देश विकासमा संभावना छ । युवा एउटा युवा नभएर एक देशको मुहार फेर्ने र मुलुकको विकास कोर्ने एक जिम्मेवार ब्यक्ति हो । युवाहरुनै देशको भक्ती हुन जस्ले विकास तर्फ पाहिला अगाडि सार्छ ,भने युवानै देशको कण्दार हुन । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालको संविधानहरुमा १५ देखि २१ उमेरको समुहलाई युवा भनेर परिभाषित गरे पनि नेपालको वर्तमान संविधान २०७२ मा युवालाई १६ देखि ४० वर्ष उमेरको समुहलाई नै युवा भनिएको छ ।

वर्तमानमा कालमा नेपालमा युवाको अवस्था:आजभोलि नेपाली समाजमा पहिले जस्तो यूवाहरूको संख्या देख्न पाइदैन । आज भोलि नेपाली समाजमा हेर्ने हो भने Teeth Less र Youth Less भएको छ । भनेको गाउँघरमा बृद्धबृद्धा मात्र देखिन्छ भने , थ्यगतज ीभकक भनेको गाउँघरमा युवाहरू नै नभेटिने भनिएको हो ।कामकै सिलसिलाले सबै युवाहरु गाउँ छाडेर सहर तिर छिर्छ्न र सहरमा केही गर्न नसकेर वैदेशिक रोजगार ,खाडी मुलुक तिर पाहिला सार्न बाध्य हुन्छन । हाम्रा देशका यूवाहरू रोजगारीको सिलसिलामा बिदेश जाने प्रक्रिया बढेको छ । कतिको संख्यामा नेपाली युवाहरू विदेशिएका छन् रु हाम्रो नेपाल सरकारसँग यथार्थ तथ्याङ्क छैन । तर करिव ४० लाख नेपाली जनशक्ति संसारको विभिन्न देश रहेको अनुमान छ ।अनि गाउँ घरमा एक घर एक वा दुई परिवार भने नार जस्तै सिमित भएको छ । जस्मा प्रतेक घर बृद्धबृद्धा मात्रै सिमित छन । नेपाललाई एक कृषि पर्दान देशको नामले चिनिएनि हाम्रो देशमा अजै पनि कृषिमा भर पर्न सकेको छैन । किनकी नेपालमा कृषि गर्नको लागि त्यति सहजीकरण छैन । कृषि गर्नकोलागी गाउँ घरतिर युवा चाहिन्छ तर सबै युवाहरु खाडिको डोका खुलेझै सबै वैदेशिक रोजगारको लागि बाहिर गएका छन। त्यैही कारणलेनि हाम्रो देश कृषिमा भर पर्न पनि सकेको छैन । कृषि गर्नका लागि सबै बृद्धबृद्धा मात्रै छन |

देश विकासमा युवाको हात :युवा भनेको देश विकासकोलागि चाहिने उर्जा हुन् जसको आट र हिम्मतबाट देश विकास संभव छ । यदि युवाहरुको सहि स्थानमा प्रयोग र परिचालन हुन सकेका जुनसुकै मुलुकले विकासको फड्को मार्न सक्छ । युवा जनशक्तिलाई राष्ट्रिय विकासको अभियानमा सहभागी गरे मुलुकमा विकासले कोल्टे फेर्छ । देशको मुहार फेर्न र मुलुकको विकास कोर्नको लगि युवा जनशक्तिको आवश्यक हुन्छ । युवावर्गको महत्व र आवश्कयतालाई बुझेर उनीहरुको उर्जा लाई राष्ट निर्माणमा प्रयोग गर्न हाम्रो देशले सक्नु पर्छ । हाम्रो देशले छिटै फड्को मार्छ । जस्मा देशको भैतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने काम गर्न सकियो भने देशमा विकासको काम हुन्छ । देशको भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नता तर्फ नराम्रो अवस्थाताबाट राम्रो अवस्थातर्फ यथास्थिबाट उन्नतीतर्फ लैजानुलाई देश विकास भनिन्छ । यो भुमिकामा मात्रै देशको युवा वर्गलाई लागउन सके तिव्र गतिमा देशको विकाश हुन्छ ।देश विकासको रथ तान्ने आधारभुत शक्ति भनेको युवावर्गको शक्ति नै हो । त्यो शक्ति नै वास्तवमा देश विकासको ऊर्जा हो । युवाका उर्जा र क्षमताले जुनसुकै चुनौती र अवरोधहरूलाई पाखा लगाई नया सोच र नया प्रवृधिबाट विकासको बाटो खन्न सक्छन । युवा युवतीहरूका जोस् र जागरका अगाडि जस्तोसुकै कठिन चुनौतीले पनि शिर निहुराउनै पर्छ । अतःयुवाहरूका आट र उत्साहको उपलब्धि प्राप्त गर्दा देशले विकास मार्गमा आएका जस्तोसुकै परिस्थिति र बन्धनलाई सजिलै हराउन र चुडाल्न सक्दछ र विकासको अभियानमा देशले लामो फड्को मार्न सक्दछ ।मानिसको जीवन चक्रमा हरेक व्यक्ति एकपटक युवा अवस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनित सहभागी भएकै हुन्छ । इन्जिनियर, वकिल, शिक्षक, प्रध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवा अवस्थामा नै हुन्छ । ती सेवामा प्रवेश गर्नेले आ–आफनो युवाजोस् राष्ट्रसेवामा लगाएकै हुन्छन् । त्यसैलेत भनिन्छ युवाले जति ढुङ्गा खाए पनि पचाउन सक्ने क्षमता हुन्छ । यदि हाम्रो देशलेनि युवाहरुलाई सहि ठाउँमा परिचालन गर्न सक्यो भने नेपाले पकै पनि देशको मुहारमा परिवर्तन लेउन्छ । जहाँ युवा छन त्यहा परिवर्तन छ भन्दै जहाँ हुन्छ युवको हात त्यहा फेरिन्छ देशको काचुली दिनरात ।