भारतीय अर्थतन्त्रको अवस्था चिन्ताजनक

प्रकाशित मिति:

एजेन्सी –भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थतन्त्रको अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् ।नरेन्द्र मोदी सरकारले चौतर्फी रुपमा व्यवस्थापकीय प्रबन्धमा गम्भीर त्रुटी गरेका कारण अर्थव्यवस्था कमजोर बनेको पूर्व प्रधानमन्त्री सिंहले बताए हुन् ।भारत सरकारले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतको आर्थिक वृद्धिदर ५ प्रतिशतमा झरेको छ । यो ६ वर्षयताकै सबैभन्दा न्युन भएको बताइएको छ ।

यसअघिको त्रैमासिकमा यो दर ५ दशललव ८ प्रतिशत रहेको थियो । यस्तै सन् २०१८ को जुनमा यो दर ८ प्रतिशत थियो । पूर्व प्रधानमन्त्री सिंहले अर्थतन्त्र लगातार घट्दो क्रम रहेको बताए ।उनले यस्तै अवस्था कायम रहे भारतका लागि आगामी दिन निकै मुश्किल हुने बताए । साथै सरकारलाई प्रतिशोधको राजनीतिबाट बाहिर आएर बुद्धिमत्ताको प्रदर्शन गर्न समेत उनले आग्रह गरे ।