ईपिएसमा पास हुनेको स्वास्थ्य परीक्षण आजदेखि शुरु

प्रकाशित मिति:

कोरिया भाषा परीक्षामा पास हुनेको स्वास्थ्य परीक्षण आजदेखि शुरु भएको छ । । काठमाडौंका चार अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ ।

सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षामा उतीर्ण हुनेहरुको स्वास्थ्य परीक्षण हुन लागेको हो ।

ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार यी अस्पतालबाट हरेक दिन एक हजार जनाको दरले स्वास्थ्य परीक्षण हुनेछ ।

स्वास्थ्य परीक्षणमा सफल भएका र प्रहरी रिपोर्ट आएकाले भदौ ८ गतेदेखि रोजगार आवेदन फारम भर्न पाउने छन् । आवेदनका लागि पाँच डलर अर्थात ५५० रुपैयाँ एनआईसी एसिया बैंकमा जम्मा गर्नुपर्छ ।

सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान सात हजार ९ सय ९६ जना भाषा परीक्षा उतीर्ण भएका छन् । यसैबीच दक्षिण कोरियाका लागि सन् २०१८ को कम्प्युटरमा आधारित प्रणाली ९सीबीटी० को दोस्रो परीक्षा भदौ ८ गतदेखि सञ्चालन हुने भएको छ ।