आमाकै काजक्रिया मै धर्मपन्ती गुमाएका उपसभापति ढकाल लाई ध्रैॠ रहन सभापति शाहको आग्रह

१६ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल -आमाको काजक्रियामा रहेका नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं सामाजिक अभियान्ता देवराज ढकाललाई शोकमाथि फेरि अर्को शोक परेको यो दुस्खद घडिमा नेपाली कांग्रेस का प्रभावसाली नेता सार्वजनिक लेखासमिती सभापति भरत कुमार शाह द्रारा दुखद व्यक्त गर्नु भएको छ ।

यो शोक को घडिमा ढकाल परिवार तथा सिङ्गो नेपाली कांग्रेस लाई पुग्न गएको अपुरणिय क्षति प्रती भगवान ले ध्रैॠधारण गर्ने सक्ति प्रदान गरून् ।साथै धर्म पत्नी र माता को स्वर्गबाँस को कामना गर्दै मृतआत्मा लाई हार्दिक सर्दन्जली व्यक्त गर्दछौ।गत सोमबार आमा भिम कुमारी ढकालको निधनमा काजक्रियामा रहेका ढकालका धर्मपत्नी गौरा ढकालको निधन भएको हो।उपसभापति ढकाल र धर्मपत्नी स्वर्गीय ढकालका १ छोरा र ४ छोरी छन् । त्यस्तै अर्का स्वर्गीय श्रीमती तर्फ १ छोरा र १ छोरी छन् ।उपसभापति ढकाल नेपाली कांग्रेस जिल्ला उपसभापतिसंगै शहिद बहुमुखी क्याम्पस रामपुर सञ्चालक समितिका अध्यक्ष, रेडक्रस जिल्ला उपसभापति, कालीगण्डकी मल्टिटेक्निकल ईन्स्टिच्युटका अध्यक्षसहित जिल्लाका दर्जन बढी सामाजिक संघ, संस्थामा आवद्ध रहँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया