सन्नीको ‘पासवर्ड’ १२ देशमा एकसाथ प्रदर्शन हुने

१६ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
58 Shares


काठमाडौँ –बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेत निर्देशित यस फिल्मको प्रिमियरमा सहभागी हुन र प्रचारमा सघाउन सन्नी नेपाल आउने कार्यक्रम छ । उनलाई स्वागत गर्न अहिले निर्माण टिमले विशेष तयारी सुरु गरेको छ । फिल्ममा उनको नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ ।

यो फिल्म नेपाल प्रदर्शनको दुई साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ । यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ । एक्सन लभस्टोेरी फिल्ममा सन्नीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । अभिनेत्री सन्नीका कारण फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने विश्वास निर्माण टिमलाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा