युवा संजालद्धारा बृहत तीज महोत्सव

१६ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
31 Shares


भैरहवा । युवा संजाल नेपाल रुपन्देहीले बृहत तीज महोत्सव तथा अनाथ आश्रमलाई सहयोग हस्तान्त्रण कार्यक्रम गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उक्त सस्थाले राष्ट्रिय स्तरका कलाकारका साथमा बृहत तीज महोत्वस गर्नुका साथै सामाजिक उत्तरदाहित्व अन्तरगत अविनाश अनाथ आश्रमलाई १० वटा कुर्ची सहयोग गरेको हो ।आश्रमलाई सस्थाका अध्यक्ष अर्जुन बस्याल तथा समाजसेवि तीलप्रसाद भट्टराई, तिलोत्तमा नगरपालिका बडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसालले कुर्ची हस्तान्त्रण गरेका हुन् ।

२०७० सालमा स्थापित युवा सञ्जाल नेपालले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर प्रत्यक बर्ष जसो तीज महोत्सव गर्ने गर्दछ । तीज महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु प्रचण्ड जीसि, प्रीया भण्डारी, बालचन्द्र बराल, रितु थापा मगर, बिधान कार्की, बिष्णु ठटराई, आरती खड्का, अजय भुसाल लगाएतका कलाकारहरुले बिभिन्न तीज गीत प्रस्तुत गरेका थिए । उनीहरुले आफ्ना गीत मार्फत आम दर्शकलाई छमछमी नचाएको कार्यक्रम संयोजक पुरुषोत्तम सुवेदीले जानकारी दिए । सामाजिक सेवामा क्रियाशिल उक्त सस्थाले एम्बुलेन्स सेवा समेत प्रदान गरेको र आगामि दिनमा थप नयाँ कार्यक्रमहरु ल्याउने महासचिव शिव प्रसाद गैरेले जानकारी दिए । कार्यक्रम सस्थाका उपाध्यक्ष मानबहादुर खातीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया