सरकारलाई स्थानीय गोवंश टाऊको दुखाइको विषय बन्दै

१६ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
119 Shares


हालै सुर्खेतमा सयौं संख्यामा गाई तथा गोवंशको भीरबाट लडाएर हत्या गरिएको विषयलाई लिएर देशका विभिन्न ठाऊहरुमा विरोध भइरहको छ । विरोध गर्नेहरुले सुनियोजित ढङ्गबाट हत्या गरिएको आरोप लगाएका छन् । नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका धेरै ठाऊहरुमा यस प्रकारको कार्यको घोरभर्तसना गर्दै कतै नाराजुलुस् गर्ने, कतै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कामहरु भइरहेका छन् ।
यसै क्रममा गौ संरक्षणका अभियन्ता ज्यो.पं. वैद्यराज दीपक सुवेदीले एक भिजिओल विज्ञप्तिमार्फत यस प्रकारको गोवंशको कार्यले आफूलाई आहत बनाएको बताएका छन् । चितवनबाट योगी नरहरिनाथ वागीश्वरी गौशाला तथा देवघाट विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले गौ हत्याको बिरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र दिने र बिरोध सभा गर्ने कार्यक्रमहरु भइरहको बताएका छन् ।   गोवंशको हत्याको धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, प्राणी हितको पक्षमा आवाज उठाउने निकायहरुले बिरोध गरिरहेका छन् । केही वर्षदेखि देशका विभिन्न स्थानमा सुनियोजित रुपमा गाई गोरु तथा बाच्छाबाच्छीको हत्या हुने कार्य बढ्दै गएको छ । यही कुरालाई दर्शाउँदै गौ संरक्षणका अभियन्ता दीपक सुवेदीले आफ्नो अभिव्यक्तिमा सामान्य जीवजन्तुको पनि संरक्षण हुनुपर्छ भन्ने विश्वव्यापि मान्यता र अभियान चलिरहेको अवस्थामा गोवंशको यसरी षड्यन्त्रपूर्वक नियोजित तरिकाबाट हत्या गरिनु मानवसभ्यता एवं राज्यकै उपहास भएको बताएका छन् ।
गोवंशको हत्याको सानो बिरोधले अन्धो र बैरो रहेको सरकारले नसुन्ने हुनाले विगतका वर्षमा झै ससानो स्वरुपको विरोधबाजी गरेर मात्रै यो समस्या नसुल्झिने बताउँदै सुवेदीले गोवंशको संरक्षणको लागि विशेष कार्ययोजना हुनु पर्ने बताएका छन् । त्यस प्रकारको कार्ययोजना आफूसँग भएकोले धार्मिक संघसंस्था, नागरिक समाज, राज्य एवं सरकार र संबन्धित निकायले चाहेको खण्डमा उपयुक्त ठाऊमा विधिपूर्वक त्यो कार्ययोजना पेश गर्न आफू तयार रहेको पनि उनले बताएका छन् । यसको बारेमा थप तल दिइएको भिडियोबाट हेर्नसक्नु हुनेछ ।

स्मरण रहोस् नवलपुर, नवलपरासी, कञ्चनपुर, कास्की लगायतका ठाऊमा गिद्यको संरक्षण गर्ने नाममा गाईलाई मारेर गिद्यलाई पोस्ने कामसम्म भएको पाइएको छ । केही समय यता कैलाली कञ्चनपुर जिल्लामा पनि यस्तै तरिकाले ठूलो संख्यामा गाई गोरु बाच्छा बाच्छी मार्ने काम भएको थियो । यसरी वर्षेनी गाई मारिँदा पनि राज्यले खासै चासो नदेखाउनुको पछाडि गाईवस्तुको व्यवस्थापन गर्न सरकारलाई टाऊको दुखाई भइरहको बुझिन्छ । एक किसिमले भन्ने हो भने गाईक्षेत्र राज्यलाई घाँडो भइरहको देखिन्छ ।  गोक्षेत्रलाई उचित तरिकाले व्यवस्थापन गर्ने दिशामा नजाने हो भने प्रत्यक्षाप्रत्यक्ष रुपमा विभन्नि बहानाबाजी गरी गाईवस्तुको हत्या गर्ने गराउने क्रम बढ्दै जाने विगतदेखि अहिलेसम्मको घटनाले स्पष्ट देखाइसकेको छ । यस्ता गतिविधिले राज्यका निकायहरुले गाईवस्तुको सहज व्यवस्थापनको उपाय ऐलेसम्म नभेट्टाएको बुझाउँछ । अझैपनि गोक्षेत्रको व्यवस्थापनको सहज उपाय निस्केन भने त्यसपछिको स्थिति अझ कति भयावह हुने हो सबैले सोँच्न पर्ने देखिन्छ । गाई तथा गोवंशप्रति रहँदै आएको आस्था तथा श्रद्धामाथि आँच आउने खालका कामहरु नहुन् भन्ने चाहने हो भने गोप्रेमि पक्षबाट पनि उचित उपाय दिनसक्नु पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया